नवौं धारा नेपालगन्ज म्याराथनको पुरस्कार राशि वृद्धि गरिने


  • नवौं धारा नेपालगन्ज म्याराथनको पुरस्कार राशि वृद्धि गरिने

    काठमाडौं । मंसिरमा हुने नवौं धारा नेपालगन्ज म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर ९ गते आयोजना हुने म्याराथनको नगद पुरस्कार राशीमा वृद्धि गर्न लागिएको आयोजक क्रियटिभ ह्याण्ड्सले बिहीबार पत्रकार सम्मेलनमार्फत जनाकारी दिएको हो ।

    साथै केही सरप्राइज प्याकेज पनि रहने म्याराथनमा नगद पुरस्कारसम्बन्धि विस्तृत जानकारी चाँडै जानकारी गराइने बताइएको छ ।

    नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति सम्झौता (५ मंसिर २०६३) स्मरणमा नौ वर्षदेखि निरन्तर नेपालगन्ज म्याराथन आयोजना हुँदैआएको छ ।

    क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभगन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नवौं धारा नेपालगन्ज म्याराथनका लागि २०८० भदौ १ गतेदेखि नै खेलाडी दर्ता खुला गरिएको थियो ।

    नेपालगन्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)बाट मान्यताप्राप्त दौड प्रतियोगिता हो । एम्सबाट नेपालगन्ज म्याराथनको ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी प्रमाणीकरण भएको छ ।

    यसपटक १४ विधामा प्रतिस्पर्धा हुनेछ । यस वर्ष अघिल्लो संस्करणमा भन्दा चार विधा थप गरिएको हो । 

    स्कुलस्तरीयमा बाह्य जिल्ला र स्कुलस्तरीय दौडमा पनि कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग-अलग स्पर्धा गराइनेछ ।



  • प्रतियोगितामा पुरुषतर्फ म्याराथन (४२.१९५ किमी), महिलातर्फ हाफ म्याराथन (२१ किमी), १० किमी पुरुषरमहिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन (८ देखि १२ वर्ष उमेर समुह), ५ किमी कर्पोरेट रन, ५ किमी ट्राइसाइकल र ५ किमी वाकाथन समावेश गरिएको छ ।

    स्कुलस्तरीय दौडलाई बाँके जिल्ला तथा बाह्य जिल्ला गरी अलग अलग स्पर्धा गराइ पुरस्कृत गरिनेछ । त्यसैगरी, बाँके जिल्लाका हकमा कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग अलग दौड (५ किमी) सञ्चालन गरिनेछ ।

    म्याराथन नेपालगञ्ज उपमहानगरपालिका कार्यालय अगाडिबाट सुरु भइ कोहलपुर नगरपालिकादेखि चार किलोमिटर उत्तर बानियाभार पुगेर सोही रुट भइ सुरुवाती बिन्दुमा पुगेर समापप्त हुनेछ ।

    प्रतिष्ठित व्यवसायिक घराना केएल दुगड ग्रुपको उत्पादन धारा तेलले प्रतियोगितालाई मुख्य प्रायोजकको रूपमा सहयोग गर्दै आएको छ ।

    प्रतियोगिता अगाडि नेपालगन्ज कनक्लेभ पनि हुने

    म्याराथनको अघिल्लो दिन नेपालगञ्ज कन्क्लेभ हुने भएको छ ।  

    आयोजक संस्थाका अध्यक्ष टिएस ठकुरीले कनक्लेभमा खेल पर्यटन, युवा उद्यम, महिला सशक्तिकरण, साहित्य र स्वदेशमै रोजगारीलगायतका विषयमा छलफल हुने बताएका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *