‘नेता र पार्टीलाई मात्र गणतन्त्र आयो’- पूर्व राज्यमन्त्री मण्डल


  • 'नेता र पार्टीलाई मात्र गणतन्त्र आयो'- पूर्व राज्यमन्त्री मण्डल

    दर्शन सुनार, कतार : पूर्व राज्यमन्त्री सुरेश मण्डल कतार भ्रमणमा गएका छन्। कतार भ्रमणमै रहेको बेला उनले मधेस प्रदेश समन्वय परिषद कतारका पदाधिकारीहरुसँग भेटघाट गरेका छन्।

    शनिबार साँझ कतार स्थित सनैयाको लालिगुँरास रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गर्दै मधेस प्रदेश परिषदले मण्डलसँग भेटघाट गर्ने अवसर जुराएको हो।

    'देशमा लोकतन्त्र, गणतन्त्र आएपनि जनतालाई नभई नेता र पार्टीलाई मात्र आयो', मण्डलले कार्यक्रममा शुभकामना मन्तव्य राख्दै भने, 'मधेस आन्दोलनमा धेरैले योगदान दिए। धेरै मधेसीहरुले ज्यान गुमाए। तर मधेसको भोट एक ठाउमा नभएको कारणले नै मधेसले आजसम्म मधेसी जनताको मन बुझ्ने गतिलो नेता पाउन सकेको छैन।'

    साथै परदेशमा रहँदा सबैले एकअर्कालाई दुख सुखमा सहयोग गर्नुपर्ने बताउदै परदेशमा एउटै नामका दुई समाज चलाएकोमा दु:ख व्यक्त गरे । दु:ख-सुखमा भाइभाइमा एकता बनेर अगाडी बढन समेत मण्डलले आग्रह गरे।



  • मधेस प्रदेश परिषद, सिरहा समाज,महोत्तरी समाज, धनुषा समाज, कुस्वाहा, कोईरी,धानुक,जयमा जानकी, दहेज मुक्त अभियान लगायत मातृ संस्थाहरुले मण्डललाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरेका थिए ।

    मधेस प्रदेश समन्वय परिषद कतारका अध्यक्ष नियाज सेखको सभापतित्व रहेको कार्यक्रममा पूर्व राज्यमन्त्री मण्डल प्रमुख अतिथिको रुपमा रहेका थिए। कार्यक्रममा मधेस प्रदेश समन्वय परिषद कतारमा आवद्ध रहेका जिल्ला अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो।

    पूर्व राज्यमन्त्री सेखले अमुल्य समय दिएर भेटघाट कार्यक्रमलाई उपलब्धिमूलक बनाइदिएकोमा उपस्थित सबैलाई धन्यवाद दिएका थिए। कार्यक्रमको सहजीकरण प्रदेश परिषदका महासचिव तेजिलाल मन्डलले गरेका थिए।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *