भूकम्प प्रभावितका लागि भरतपुर महानगरले १ करोड दिने


  • भूकम्प प्रभावितका लागि भरतपुर महानगरले १ करोड दिने

    भरतपुर। भरतपुर महानगरपालिकाले भूकम्प प्रभावितका लागि १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

    आइतबार बसेको ८७औं कार्यपालिका बैठकले १ करोड सहयोग गर्ने निर्णय गरेको गरेको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले जानकारी दिए।



  • भूकम्प प्रभावित क्षेत्रमा खोज,उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुनः निर्माणलगायतका कार्यमा सहयोग पुर्‍याउन महानगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने भएको हो।

    जम्मा हुने सहयोग जनप्रतिनिधिको एक महिनाको तलब, अधिकृतस्तरका कर्मचारीको ५ दिनको तलब, सहायकस्तरसम्मका कर्मचारीको ३ दिनको तलब, मावि शिक्षकको ३ दिनको तलब, आधारभूत तहका शिक्षकको २ तलब र महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट हुने गरी मिलाइएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *