जाजरकोटका भुकम्प प्रभावितलाई एमाले बाँकेले बुझायो राहत


  • जाजरकोटका भुकम्प प्रभावितलाई एमाले बाँकेले बुझायो राहत

    नेपालगन्ज २० कात्तिक । नेकपा (एमाले) केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज पदमा अर्याल नेतृत्वको टाेली भुकम्प प्रभावित जाजरकोट जिल्लामा पुगेको छ । राहत सहयोग र अवस्था अध्ययनका लागि एमाले नेता तथा पूर्वमन्त्री अर्यालको नेतृत्वमा बाँके, बर्दिया, रूकुम जाजरकोटका नेताले भुकम्प प्रभावित क्षेत्रमा अवलोकन समेत गरेको छ । बाँकेले जाजरकाेटका भुकम्प प्रभावित नागरिकका लागि आज राहत सामग्री समेत हस्तान्तरण गरेको छ ।


    जिल्लामा संकलित नगद र जिन्सी करिब ६ लाखभन्दा बढी मध्ये आज हस्तान्तरण गरिएको सामान ५ लाख बढिकाे विभिन्न राहत सामग्री रहेको । राहत सामग्री लिएर बाँके जिल्ला अध्यक्ष किस्मत कुमार कक्षपति, जिल्ला कमिटी सदस्य राम थापा र किसान महासंघ बाँकेका अध्यक्ष कृष्णविक्रम केसी सहितको टाेलीले राहत सामग्री जाजरकोट जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हाे हाे ।




  • भुकम्प प्रभावितका लागि अध्यक्ष कक्षपतिले पार्टी तथा जनबर्गीय समिति परिचालन गरि सहयाेग जुटाउनुभएको थियो । त्यसरी संकलन भएको कम्मल, चामल,दाल,तेल लगायतका खाद्यान्न सहित लत्ताकपडा पठाएको उपाध्यक्ष डिल्ली विसीले जानकारी दिनुभयाे । जिल्ला कमिटी अध्यक्ष कक्षपतिकाे नेतृत्वमा रहेको राहत संकलनमा हालसम्म विभिन्न दाताबाट ३ लाख ५७ हजार २९० र जिन्सी सामान २ लाख ७७ हजार १२५ बराबरको राहत संकलन भएको छ ।

    राहत सहयोग गर्ने सबैको अभिलेख जिल्लामा रहेको र सबै रकम तथा जिन्सी अध्यक्ष जाजरकोटबाट आएपछि सार्वजनिक गरिने उपाध्यक्ष बिसी जानकारी दिनु भयो । उहाँका अनुसार, पार्टीका नेता कार्यकर्ताबाट स्वस्फूर्तरूपमा प्राप्त सहयाेग भुकम्प प्रभावितलाई पठाइएको हाे । थप अन्य सहयाेग रुकुम प्रभावितक्षेत्रमा पठाईने जानकारी दिनु भयो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *