राष्ट्रपति पौडेल आज जाजरकोट जाँदै


  • राष्ट्रपति पौडेल आज जाजरकोट  जाँदै


    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल आज (मंगलबार) भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमको स्थलगत अवलोकनका लागि जाने भएका छन् ।

    गत शुक्रबार जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण भएको धनजनको क्षतिका बारेमा बुझ्नका लागि राष्ट्रपति पौडेल आज सो क्षेत्रमा जान लागेका हुन् । जसअनुसार उनी आज जाजरकोट र रूकुम पश्चिमका भुकम्प प्रभावित जनतासँग प्रत्यक्ष संबादसमेत गर्नेछन् ।



  • शितल निवास सचिवालयका अनुसार राष्ट्रपति पौडेल आज बिहान १० बजे भूकम्प प्रभावित क्षेत्रका लागि प्रस्थान गर्नेछन् ।भुकम्पको विपत्तिमा देश परेको बेला युरोप भ्रमण उपयुक्त नहुने भन्दै जनदबाब बढे पछि राष्ट्रपति पौडेलले सो भ्रमण स्थगित गरेका थिए ।

    सो भ्रमण स्थगित भए पछि राष्ट्रपति पौडेल आज भुकम्प प्रभावित दुई जिल्लाको स्थलगत अवोलकनमा निस्कन लागेका हुन् ।उनी फ्रान्स, इटली र जर्मनीको भ्रमणमा निस्कदैँ थिए तर अन्तिममा रोकिन पुगेको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *