कतारमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न


  • कतारमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न

    दर्शन सुनार, कतार : कतारमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाली श्रमिक कल्याणकारी संघको आयोजनामा र नेपाली रक्तदाता संघ कतारको समन्वयमा रक्तदान कार्यक्रम कार्यक्रम सम्पन्न गरिएको हो ।

    कतारको सरकारी हमद हस्पिटलको बल्ड डोनेसन सेन्टरमा शुक्रबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म चलेको रक्तदान कार्यक्रममा नेपाली श्रमिक कल्याणकारी संघ कतारका अध्यक्ष देब लम्सालले रक्तदान गर्दै शुभारम्भ गरेका थिए ।

    'श्रमिकका लागि श्रमिक' भन्ने मुल नाराकासाथ रगत अभावका कारण प्रवासमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने हेतुले आयोजा गरेको रक्तदान कार्यक्रममा ६६ जनाको  उपस्तिथि रहेको थियो। ४० जनाले रक्तदानको लागि रजिष्टेसन गरेका थिए। जस मध्ये ३१  जनाले रक्तदान गर्न सफल भएको र ९  जनाले रक्तदान गर्नबाट बञ्चित भएको कार्यक्रम संयोजक सन्दिप शाहनीले सौर्यपत्रलाई जानकारी दिए ।



  • रक्तदान कार्यक्रममा एनसिसी कतारका अध्यक्ष रमेश भट्ट,गन्डकी प्रदेशका अध्यक्ष सागर पौडेल, ईन्फियन कमिटीका पदाधिकारीहरु लगायत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि तथा समाजसेवी, व्यवसायी पत्रकारहरुको उपस्थिति रहेको थियो।

    संघका तर्फबाट रक्तदातालाई प्रशंसा पत्र प्रदान गरिएको थियो । रक्तदान जस्तो पुन्यको कार्यमा उपस्थित हुने सबैलाई संघको तर्फबाट अध्यक्ष देब लम्सालले धन्यवाद तथा आभार प्रकट गरेका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *