एपीएफका गोपीचन्द्र पार्कीले जिते नवौं नेपालगञ्ज म्याराथनको उपाधि


  • एपीएफका गोपीचन्द्र पार्कीले जिते नवौं नेपालगञ्ज म्याराथनको उपाधि

    नेपालगंज: एपीएफका गोपीचन्द्र पार्कीले धारा नवौ नेपालगञ्ज म्याराथनको उपाधि जितेका छन् । नेपालगञ्जमा शनिबार भएको पुरुषतर्फको ४२ किलोमिटर म्याराथनमा उनको यो दोस्रो उपाधि हो । यसअघि उनले छैठौं संस्करणको उपाधि जितेका थिए । 

    नेपाल आर्मीका खडकबहादुर खड्काले दोस्रो उपाधि हात पारेका छन । एपीएफका किरणसिंह बोगटी तेस्रो भए । प्रथम भएका पार्कीले दुई लाख रुपैयाँ पुरस्कार जिते भने उपविजेता खड्कालाई एक लाख र तेस्रो भएका बोगटीले ५० हजार रुपैयाँ जिते । 



  • हाफ म्याराथनको उपाधि फेरि पनि सन्तोषी श्रेष्ठले जितिन् । ह्याट्रिक जितसँगै उनले ७५ हजार रुपैयाँ पुरस्कार हात पारिन् । यसअघि हाफ म्याराथनमा उनले दुईपल्ट उपाधि जितिसकेकी थिइन् । 

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *