आन्दोलनलाई सम्बोधन गर्न सिफल पुगे अभियन्ता प्रसाईं


  • आन्दोलनलाई सम्बोधन गर्न  सिफल पुगे अभियन्ता प्रसाईं

    काठमाडौं । मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईं तेस्रो दिनको आन्दोलनलाई सम्बोधन गर्न सिफल पुगेका छन् ।उनी प्रहरीको स्कर्टिङमा आन्दोलन स्थिल सिफल पुगेका हुन् ।

    प्रसाईं नेतृत्वमा बिहिबार (मंसिर ७ गते) काठमाडौंको बल्खुमा विशाल आन्दोलन गरेपछि शुक्रबार भक्तपुरस्थित आफ्नो निवासबाट निस्कन नपाएका प्रसाईं शनिबार भने विरोध कार्यक्रममा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्न सिफल पुगेका हुन् ।

    प्रसाईं नेतृत्वको कार्यकर्ताले तेस्रो दिनको आन्दोलन काठमाडौँको गौशाला नजिक सिफल चौरमा गरिरहेकाछन् । कार्यक्रम स्थलमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । सिफल क्षेत्रका घरका कौसी, छतमा सशस्त्र प्रहरी बसेका छन् ।



  • सिफल आसपासको क्षेत्र गौशाला, जयबागेश्वरी, चावाहिल, कालोपुल क्षेत्रमा ठुलो सङ्ख्यामा दङ्गा नियन्त्रक प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरी बाक्लो सङ्ख्यामा परिचालन गरिएको छ ।

    शुक्रवार तीनकुनेमा आन्दोलन गर्ने प्रसाईँ समूहको तयारी थियो । तर उनलाई घरमा नै नजरबन्द गरियो । उनलाई नजरबन्दमा राखेपछि सरकारको चर्को आलोचना भएको थियो ।

    स्थानीय प्रशासन, सुरक्षा निकाय र प्रसाईं समूहबीच हिजो साँझ शान्तिपूर्ण प्रदर्शन गर्ने, सरकारले अनुमति दिएको ठाउँमा मात्रै आन्दोलन गर्ने सहमति भएको थियो । सो सहमतिपछि प्रसाईंलाई नजरबन्दबाट मुक्त गरिएको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *