तीन साताको अवधिमा ६ हजार ४३८ कोरोना संक्रमित थपिए, ५१ जनाको मृत्यु


  • तीन साताको अवधिमा ६ हजार ४३८ कोरोना संक्रमित थपिए, ५१ जनाको मृत्यु
  • काठमाडौं । नेपालमा लकडाउन खुलेपछि ३ साताको अवधिमा ६ हजार ४३८ जना नयां कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार गत साउन ६ गते कोरोना संक्रमित संख्या १७ हजार ९९४ रहेको थियो । तर त्यस यता साउन ७ गते देखि हालसम्म ६ हजार ४३८ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । त्यसैगरी लकडाउन खुले यता मात्र ५१ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । गत साउन ६ गतेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४० रहेको थियो । हाल कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९१ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत साउन ७ गते १ सय जना, साउन ८ गते १४७, साउन ९ गते १३३ जना, साउन १० गते १०९ जना, साउन ११ गते १३० जना, साउन १२ गते १३९ जना ,साउन १३ गते ३११ जना ,साउन १४ गते २१० जना ,साउन १५ गते २७४ जना संक्रमित थपिएका थिए । यसैगरी साउन १६ गते २२४ जना, साउन १७ गते ३१५ जना , साउन १८ गते २४६ जना, साउन १९ गते ४१८ जना, साउन २० गते २५९ जना, साउन २१ गते ३८१ जना, साउन २२ गते ३६० जना, साउन २३ गते ४६४ जना, साउन २४ गते ३७८ जना, साउन २५ गते ३८० जना, साउन २६ गते ३३८ जनामा नोभेल कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । त्यसैगरी साउन २७ गते ६३८ जना र साउन २८ गते देशैभर ४८४ जना कोरोना संक्रमित थपिएका उनले जानकारी दिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *