कुटपिटबाट कैलालीमा २६ वर्षीय युवकको मृत्यु, ७ जना पक्राउ


  • कुटपिटबाट कैलालीमा २६ वर्षीय युवकको मृत्यु, ७ जना पक्राउ

    काठमाडौं । कैलालीमा एक युवकमाथि कुटपिट गरेको आरोपमा ७ जना पक्राउ परेका छन् ।

    घोडाघोडी नगरपालिका–२ बस्ने २६ वर्षीय मोहन अधिकारीको कुटपिटबाट मृत्यु भएपछि लम्कीचुहा नगरपालिका–९ घोराघाट बस्ने २३ वर्षीय विवेक भुलसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।



  • पक्राउ पर्ने अन्यमा लम्कीचुहाकै विशाल भुल, गणेश भुल, सन्तोष परियार, पिन्टु चौधरी, दिलबहादुर चौधरी र पुरन सार्की रहेका छन् । लम्कीचुहा नगरपालिका–९ घोराघाटस्थित आफन्तको विवाहमा आएका मोहनलाई विवेक लगायतका व्यक्तिहरूले मंगलबार राति कुटपिट गरेको प्रहरीको दाबी छ ।

    कुटपिटबाट गम्भीर घाइते भएका अधिकारीकाे उपचारको क्रममा टिकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *