तत्काल मन्त्रिपरिषद् हेरफेर हुँदैन: प्रधानमन्त्री


  • तत्काल मन्त्रिपरिषद् हेरफेर हुँदैन: प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल मन्त्रिपरिषद् हेरफेर नहुने बताएका छन् ।

    संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२८)बाट सहभागी भएर  फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मलेनमा बोल्दै सो कुरा बताएका हुन् ।

    सञ्चारकर्मीले  मन्त्रिपरिषद् हेरफेरका विषयमा राखेको जिज्ञासामा उनले तत्काल मन्त्रिपरिषद् हेरफेर नहुने बताए ।  उनले भने-  ‘यो सरकार  गठन भएको बेलादेखि नै मन्त्रिपरिषद् पुनर्गठन हुन्छ । को मन्त्री हट्छ को आउँछ, गृहमन्त्री हट्ने रे भन्ने  चर्चा  धेरै भयो । तर, अहिले कुनै त्यस्तो छलफल गरेको छैनौँ । यसविषयमा गठबन्धन दलभित्र कुनै छलफल भएको छैन । कुरानकी पनि छैनौँ, सोचिएको पनि छैन । मेरो दिमागमा पनि छैन ।’



  • आफू प्रधानमन्त्री भएको र आफ्नो दिमागमा मन्त्रिपरिषद् पुनगर्ठनबारे सोच नभएको भन्दै उनले अगाडि भने, ‘यो सबै हल्ला मात्र हो, यसमा कुनै सत्यता छैन ।’

    कोप-२८ मा सहभागी हुन १३ मंसिरमा संयुक्त अरब इमिरेट्सको दुबई गएका प्रधानमन्त्री आइतबार साँझ स्वदेश फर्किएका हुन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *