हालसम्म रुसी सेनामा आबद्ध ६ नेपालीको मुत्यु


  • हालसम्म रुसी सेनामा आबद्ध ६ नेपालीको मुत्यु

    काठमाडौं । परराष्ट्र मन्त्रालयले रुसी सेनामा आबद्ध ६ जना नेपालीको मुत्यु भएको पुष्टि गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार मृत्यु हुनेमा स्याङ्जा पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, मेलुङ गाँउपालिका–६, दोलखाका राजकुमार कार्की, बाणगंगा–१, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई र गोरखाका सन्दीप थपलिया रहेका छन् ।



  • परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै रुस–युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव पठाउन रुस सरकारसँग अनुरोध गरेको जनाएको छ । साथै, मन्त्रालयले मृतकको शव नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति दिनसमेत अनुरोध गरेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *