नयाँ जहाज खरिदमा करोडौं घोटाला


  • नयाँ जहाज खरिदमा करोडौं घोटाला

    काठमाडौं । राजनीतिक दलका नेता र बिचौलिया दलालहरूलाई लोकतन्त्र फापे पनि नेपाल वायु सेवा निगमलाई भने लोकतन्त्र फाप्न सकेको छैन । निगमले नयां जहाज खरिद गर्दा करोडौ घोटाला हुने तथ्य फेला परेको छ ।

    तत्कालीन पर्यटन मन्त्री प्रेम आलेले युवराज अधिकारीलाई निगमको कार्यकारी अध्यक्ष नियुक्त गर्दा करोडौँ रुपैयाँको चलखेल भएको प्रमाण पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले फेला पारेपछि अधिकारीलाई मन्त्रिपरिषद्को बैठकले सजायस्वरुप बर्खास्त गरेको थियो । तर, तिनै अधिकारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पर्यटन मन्त्री सुदन किरातीले काखी च्यापेर नयाँ जहाज किन्ने योजना बनाएपछि ६० करोड घोटालाको तथ्य बाहिरिएको छ । तीन वटा ट्विनअटर जहाज खरिद गर्दा ६० करोड घोटाला हुने निगम कर्मचारीहरूले बताएका छन् । 



  • शक्ति केन्द्रहरूलाई प्रलोभनमा फसाउन माहिर अधिकारीले ६० करोडको प्रलोभन बालुवाटार र मन्त्री किरातीलाई देखाएर ट्विनअटर खरिद गर्न लागिएको बुझ्न कठिन छैन । भएका जहाज चलाउन नसक्नु व्यवस्थापनको निर्लज्जता र कमजोरी हो । त्यस्ता भ्रष्ट र कमिशनखोर कार्यकारी अध्यक्षलाई संरक्षण गरेर नयाँ जहाज खरिद गर्नु नीतिगत भ्रष्टाचार हो । सुशासनको कुरा गरेर नथाक्ने प्रधानमन्त्री प्रचण्ड नयाँ जहाज खरिद काण्डमा उठ्नै नसक्ने गरी फसेका छन् । लाउडा, धमिजा, चेज एयर, चाइना साउदन, वाइडबडी काण्डमा पूर्वप्रधानमन्त्रीहरूको नाम जोडिएकै छ । अब ट्विनअटर काण्डमा प्रचण्डको पनि नाम जोडिने भयो । 

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *