सोती हत्या प्रकरण : २३ जनालाई जन्मकैदको सजाय


  • सोती हत्या प्रकरण : २३ जनालाई जन्मकैदको सजाय

    काठमाडौं : चौरजहारी नगरपालिका सोती गाउँमा ३ वर्ष अघि भएको हत्या प्रकरणमा २३ जनालाई जन्मकैद हुनेभएको छ। रुकुम पश्चिम जिल्ला अदालतले नवराज बिकसहित ६ जनाको हत्यामा संलग्नलाई मंगलबार जन्मकैदको फैसला सुनाएको हो।

    हाल पुर्पक्षमा थुनामा रहेका २३ जनालाई न्यायाधीश खड्गबहादुर केसीको इजलासले जन्मकैदको फैसला सुनाएको हो। करिब साढे ३ वर्ष अघि प्रेमिका भेट्न गएका नवराजसहित ६ जनाको सोतीमा हत्या गरिएको थियो।



  • घटनामा संलग्न भएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयले २ नाबालकसहित ३४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । तीमध्ये केही व्यक्ति फरार छन्। नवराज विककी प्रेमिकाकी बाबु र आमालाई जातीय छुवाछुतको अभियोगमा २/२ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला भएको छ । 

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *