काठमाडौं। जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको तोडफोडपछि दुई महिनादेखि बन्द रहेको चन्द्रागिरी केबलकार र भालेश्वर मन्दिर पुनः सञ्चालनमा आएको छ।
पुनर्संरचना तथा मर्मत-सम्भार सम्पन्न भएपछि आजदेखि केबलकार सेवा र मन्दिर क्षेत्र सर्वसाधारणका लागि पुनः खुला गरिएको हो।

केबलकार सेवा पुनः सुरु भएपछि पर्यटक तथा भक्तजनहरू भालेश्वर मन्दिर दर्शनका लागि चन्द्रागिरी पुग्न थालेका छन्।



