सिनेमा ‘दुई कदम’को ट्रेलर रिलिज


  • सिनेमा 'दुई कदम'को ट्रेलर रिलिज

    काठमाडौं : उदय सुब्बा निर्देशित सिनेमा 'दुई कदम'को ट्रेलर रिलिज गरिएको छ। बुधबार राजधानीको वान सिनेमाजमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ट्रेलर रिलिज गरेको हो।

    २ मिनेट ३ सेकेन्ड लामो ट्रेलरमा सिनेमाका अधिकांश कलाकारहरुलाई देखाइएको छ। तथापि सिनेमाका नायक इओन लिम्बूलाई चाहिँ बढी नै स्थान दिइएको महशुस हुन्छ। इओन र सिनेमाकी नायिका सिमोन गिरी ट्रेलरमा हाबी छन्।

    इओनकी प्रेमिकाको रुपमा सिमोनलाई ट्रेलरमा देख्न सकिन्छ। अन्जान हुँदै सुरुभएको इओन र सिमोनको सम्बन्ध प्रेमी-प्रेमिकासम्म पुग्छ। प्रेमिका सिमोनलाई जोगाउन ज्यान दिन पनि पछि परेका छैनन् ट्रेलरमा इओन। समग्रमा भन्नूपर्दा समाजका केही गुण्डा प्रकारका तत्वबाट प्रेमिका जोगाउन इओन ट्रेलरमा संघर्षरत छन्।

    उसो त, कलाकार सुनिल थापा, गौरव पहारीको भुमिका पनि ट्रेलरमा सशक्त लाग्छ। खैर, कताकता के नपुगेको होकि भन्ने आभाष ट्रेलरमा लाग्छ। पहिलो काम भएपनि इओन र सिमोनको प्रयास राम्रो देखिएको छ।



  • आगामी मंसिर २९ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमामा तारादेवी लिम्बूको लगानी छ। दयाराम घिमिरेले सिनेमाको कथा र पटकथा लेखेका हुन्। बिक्रम बिसीले खिचेको सिनेमालाई प्रवीण दाहालले सम्पादन गरेका छन्।

    सिनेमामा इओन लिम्बू, सिमोन गिरी, सुनिल थापा, गौरव पहारी, प्रेम सुब्बा, कविता आले, बुद्धि तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ।

    https://youtu.be/KtgKkBR-5P0?si=6Psql0mTMAqp4NMt

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *