सुन गाल्ने कारखानामा छापा, करिब ७ किलो सुन सहित एकजना पक्राउ


  • सुन गाल्ने कारखानामा छापा, करिब ७ किलो सुन सहित  एकजना पक्राउ

    काठमाडौँ । राजधानीको न्यूरोडबाट करिब ७ किलो अवैध सुन बरामद भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति कैलालीका पदमप्रसाद पाण्डेले सञ्चालन गरेको पर्ल गोल्ड प्रालिमा छापा मारेको हो ।

    सो क्रममा प्रहरीले सञ्चालक ४१ वर्षीया पाण्डेलाई पक्राउ गरेको छ । कारखानामा तस्करीबाट ल्याइएको सुन गाल्ने गरेको प्रहरीको भनाइ छ ।



  • काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले पाण्डेलाई पक्राउ गरेर सुन जोख्ने कार्य भइरहेको बताए । प्रहरी स्रोतका अनुसार अनुमानित ७ किलो सुन प्रक्रिया पुर्‍याएर जोख्ने काम सकिएपछि एकिन परिमाण आउनेछ । 

    प्रहरीका अनुसार बरामद सुनमध्ये केही बिस्कुट आकार र केही गहना बनाइसकेको अवस्थामा फेला परेको छ ।सो सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *