मंसिर २७ बाट हिमालयन रि इन्स्योरेन्सको आईपिओ बिक्री हुने


  • मंसिर २७ बाट हिमालयन रि इन्स्योरेन्सको आईपिओ बिक्री हुने

    काठमाण्डौं : मंसिर २७ गते बुधवारदेखी हिमालयन रि इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

    कम्पनीले दश अर्ब रुपैयाँ जारी पूँजीको ३० प्रतिशतले हुन आउने तीन अर्ब रुपैयाँ बराबरको तीन करोड कित्ता शेयर जारी भएको छ। कम्पनीले प्रतिशेयर अंकित १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँका दरले हुन आउने ६ अर्ब १८ करोड रुपैयाँको शेयर निष्काशन गर्ने भएको छ ।



  • सो मध्यमा २ प्रतिशत अर्थात ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरेको छ । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता शेयर निष्काशन गरिसकेको छ ।

    सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता शेयर बाँडफाँड गरी बाँकी रहेको दुई करोड ४९ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *