२ किलो सुनसहित नागढुंगाबाट ३ जना पक्राउ



  • काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले दुई किलो सुन बरामद गरेको छ । रसुवा नाकाबाट अवैध रुपमा सुन काठमाडौं ल्याइँदै गरेको भन्ने विशेष सुचनाको आधारमा नगढुंगाबाट उक्त परिणामको सुन बरामत गरेको उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका एसएसपी सोमेन्द्रसिंह राठौरले बताए ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सुन बरामद गरेर तीन जनालाई नियन्त्रणमा लिएको उनले बताए । प्रहरीले पक्राउ पर्नेहरुको नाम भने सार्वजनिक गरेको छैन ।



  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *