‘सतीदेवी’ले पायो युनिभर्सल सर्टिफिकेट


  • 'सतीदेवी'ले पायो युनिभर्सल सर्टिफिकेट

    काठमाडौं : लक्ष्मण सुवेदी निर्देशित सिनेमा 'सतीदेवी'ले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ। शुक्रबार सिनेमाले केन्द्रिय जाँचपास समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट पाएको हो।

    एउटा सामाजिक कथामा आधारित सिनेमामा अभिनेत्री मलिका महत मुख्य भुमिकामा रहेकी छिन्। निर्माण टिमले केही हप्ता अघि फर्स्टलुक पोस्टर रिलिज गरेको थियो। फर्स्टलुक पोस्टरले राम्रै चर्चा पायो। अब भने दर्शक पूरा सिनेमा हेर्नलाई कुरेर बसेका छन्।



  • दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको सिनेमामा लक्ष्मण सुवेदीकै कथा अनि पटकथा रहेको छ। सुवेदीले नै सिनेमा निर्माण गरेका हुन्। उनले सिनेमाको लागि गीत पनि लेखेका छन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *