रुपन्देहीबाट हतियारसहित दुई जना पक्राउ


  • रुपन्देहीबाट हतियारसहित दुई जना पक्राउ

    रुपन्देही । रुपन्देहीबाट प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ।

    सोमबार रुपन्देहीको तिलोत्तमा वडा नम्बर ८ स्थित गणेश नगरको करैया सामुदायिक वनबाट हतियारसहित स्थानीय दीपक परियार र कर्ण बहादुर परियारलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) दान बहादुर थापाले जानकारी दिए।



  • उनीहरूको साथबाट भरुवा बन्दुक नाल २ थान, धातुको गोली, छर्रा ३२ पिस, फलामको काटिएको स/साना छर्रा ११० पिस, बारुद जस्तो देखिने कालो धुलो पदार्थ, फलामको विनेट १ थान, ११ नम्बर पाना थान १ थान, ११ नम्बरको रेन्चि थान १ थान, हँसिया थान १, चक्कु, दाउसहित फेला पारेपछि हातहतियार खरखजना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको डीएसपी थापाले जानकारी गराए।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *