बर्दियाबाट दाङमा वनभोजका लागी आएको बस दुर्घटना


  • बर्दियाबाट दाङमा वनभोजका लागी आएको बस दुर्घटना

    दाङ: बर्दियाबाट दाङमा वनभोजका लागि आएको यात्रुबाहाक बस दाङमा दुर्घटना भएको छ।

    बर्दियाबाट दंगीशरण – ३ स्थित थारु संग्रालय रहेको चखौरामा वनभोजका लागि आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस राप्ती राजमार्ग अन्तरगत अमेलिया –तुलसीपुर सडक खण्डको झञ्ज्याङ नजिकै  दुर्घटनामा परेको हो।

    दुर्घटनामा २० जना घाइते भएको दाङका जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए ।घटनास्थलमा प्रहरी निरीक्षकको टोली पुगेको र उद्दार कार्य भैरहेको जानकारी दिए ।



  • घाइते कति जना हो र अवस्था के हो भन्ने खुलेको छैन,’ उनले भने ‘ घाइतेहरुलाई तुलसीपुर अस्पतालमा उपचार भैरहेको छ।’

    दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको एसपी केसीले जानकारी दिए।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *