अवधि नपुग्दै डिआइजी सरुवाको अन्तिम तयारी


  • अवधि नपुग्दै डिआइजी सरुवाको अन्तिम तयारी

    काठमाण्डौं: गृहमन्त्रालयले नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआइजी) सरुवा गर्ने तयारी गरेको छ । सरुवाका लागि प्रहरी प्रधानकार्यालयलाई टिप्पणी उठाएर गृह ल्याउनसमेत भनिएको छ । सरुवाको अवधि नपुग्दै कार्यक्षेत्रमा रहेका डिआइजीहरुलाई सरुवा गर्न लागिएको हो ।

    पाँच वटा प्रदेशमा कार्यरत डीआईजीको कार्यावधि ९ महिना पुगेको छ । गण्डकी प्रदेशका डीआईजी बुद्धिराज गुरुङ र कर्णाली प्रदेशका डीआईजी भीमप्रसाद ढकालबाहेक अन्यको कार्यावधि ९ महिना मात्रै भएको हो । गृहको निर्देशनमा आईजीपी वसन्त कुँवरले कार्यावधि पूरा नहुँदै प्रदेशका डीआईजी सरुवा गर्न प्रस्ताव अघि बढाउन लागेका छन् । आईजीपीको प्रस्तावमा गृहमन्त्रीले डीआईजीको सरुवासम्बन्धी निर्णय गर्ने कानुनी व्यवस्था छ ।

    ७ वटै प्रदेशका डीआईजीलाई सरुवा गर्नेगरी आईजीपी कुँवरले प्रस्ताव अघि बढाउने तयारी गरिरहेको नेपाल प्रहरीका एक जना उच्च अधिकृतले बताए । सामान्यतया सरुवाको अवधि एक वर्षको भएपनि गृहमन्त्री नारायणकाजी श्रेष्ठले नै रुची राखेपछि आइजीपी कुँवर डिआइजीको सरुवा गराउन तयार भएका छन् ।



  • गृह मन्त्रालयका एकजना उच्च अधिकृतका अनुसार कोशी प्रदेश प्रहरी कार्यालयका डीआईजी राजेशनाथ बास्तोलालाई सरुवा गरेर कोशीमा चन्द्र कुवेर खापुङलाई, मधेस प्रदेशमा लालमणि आचार्य र बागमती प्रदेशमा विष्णु कुमार केसीलाई पठाउन लागिएको छ । आचार्य भने पटक पटक मधेश प्रदेशमा बस्दै आएका प्रहरी अधिकृत हुन् । उनलाई विमलेन्द्र नीधिले मधेश प्रदेशमा लैजान खोजेका छन् ।

    गण्डकी प्रदेशका डीआईजी बुद्धिराज गुरुङलाई सरुवा गरेर त्यहाँ विकाशराज खनाललाई पठाउन लागिएको छ । लुम्बिनीमा आईजीपी कुँवरले आफ्नो सचिवालयमा कार्यरत कुवेर कडायतलाई पठाउने तयारी गरेका छन् । कर्णाली प्रदेशका दुर्गा सिंह र सुदूरपश्चिम प्रदेशमा सुरेन्द्र प्रसाद मैनालीलाई पठाउन लागीएको प्रहरी प्रधानकार्यालय स्रोतले जनाएको छ ।दृष्टि

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *