मेसि कप्तान रहेको बार्सिलोनाको खराब हार


  • मेसि कप्तान रहेको बार्सिलोनाको खराब हार

    काठमाडौं ३१, साउन । स्पेनिस क्लब बार्सिलोना लज्जास्पद हारसहित च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ।लिस्बोनमा शुक्रबार राति भएको अन्तिम ८ को खेलमा बार्सिलोनाले र्जमन बुण्डेस लिगा क्लब बार्यन म्युखिनबाट ८ गोल खाएर स्तब्ध भएको हो । बार्यनले लियोनल मेस्सी कप्तानीको बार्सिलोनालाई ८–२ ले पराजित गरेको हो । चौथो मिनेटमा गोलको खाता खोलेको बार्यन म्युनिखले ८९ औँ मिनेटमा आठौँ गोल गरेको हो । बार्सिलोनाका लागि लुइस स्वारेजले ५७ औँ मिनेटमा एक गोल फर्काए । त्यसअघि सातौँ मिनेटमा बार्यनका डेविड अलाबाले आत्मघाति गोल गरेका थिए ।बार्यन म्युनिकका लागि थोसम मुलर र फिलिप कोन्टिन्होले दुई–दुई गोल गरे । मुलरले चौथो र ३१ औँ तथा कोन्टिन्होले ८५ र ८९ औँ मिनेटमा गोल गरेका हुन् । इभान पेरिसिकले २१ औँ, सर्गेई ग्नाब्रीले २७ औँ, जोशुआ किमिचले ६३ औँ तथा रोबर्ट लेवान्डोस्कीले ८२ औँ मिनेटमा गोल गरेका हुन् । पहिलो हाफमा चार गोल गरेको बार्यनले दोस्रो हाफमा पनि चार गोल गरेको हो ।बार्यनका सामु बार्सिलोना निकै निरिह देखियो । बार्यन म्युनिख बार्सिलोना विरुद्ध च्याम्पियन्स लिगमा पाँच भन्दा धेरै गोल गर्ने पहिलो टिम हो । बार्सिलोनाका लागि यो हार मात्रै नभएर अपमान पनि हो । सन् १९५१ यता बार्सिलोना पहिलो पटक ६ भन्दा बढी गोलको अन्तरमा भएको पराजय हो उसका लागि । सन् १९५१ मा बार्सिलोना स्पानियोलसँग ६–० ले पराजित भएको थियो ।यस्तै सन् १९४६ यता पहिलो पटक बार्सिलोनाले एकै खेलमा ८ गोल खाएको हो । सन् १९४६ मा सेभिल्लाले बार्सिलोनालाई ८–० ले पराजित गरेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *