सुदूरपश्‍चिममा कोरोना संक्रमित संख्या ५ हजार नजिक


  • सुदूरपश्‍चिममा कोरोना संक्रमित संख्या ५ हजार नजिक
  • धनगढी ३१, साउन । सुदूरपश्‍चिममा कोरोना संक्रमित संख्या ५ हजार नजिक पुगेको छ । पछिल्लो पटक १० जना संक्रमित थपिए सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार ९७९ पुगेको हो। सबैभन्दा बढी कैलालीमा एक हजार दुई सय ८९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । डोटीमा सात सय ९५, अछाममा सात सय ३७, बाजुरामा ६ सय २३ र कञ्चनपुरमा ५ सय ८० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै डडेल्धुराका तीन सय १२, बैतडीका तीन सय एक, बझाङका दुई सय ९७ र दार्चुलाका ४५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका चार हजार १५१ जना डिस्चार्ज भएका छन्। यहाँ संक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *