कतारमा ३५ जनाले गरे रक्तदान


  • कतारमा ३५ जनाले गरे रक्तदान

    दर्शन सुनार, कतार : लुम्बिनी प्रदेश समन्वय परिषद कतारले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। लुम्बिनी प्रदेशले आफ्नो "पाचौं वार्षिकत्सव तथा छैठौं स्थापना दिवसको" अवसर पारेर नेपाली रक्तदाता संघ सँग समन्वय गरेर वृहत रक्तदान कार्यक्रम सप्पन्न गरेको हो ।

    कतारको सरकारी हमद हस्पिटलमा शुक्रबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म चलेको रक्तदान कार्यक्रममा लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष डिल्लीराम भट्टराईले रक्तदान गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए ।

    "रक्तदान नै जीवनदान" भन्ने मुल नाराका साथ रगत अभावका कारण प्रवासमा कसैले ज्यान गुमाउन नपरोस भन्ने हेतुले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ४४ जनाको उपस्तिथि रहेको थियो। ५३ जनाले रक्तदानको लागि रजिष्टेसन गरेका थिए। जसमध्ये ३५ जनाले रक्तदान गर्न सफल भएको र १८ जनाले रक्तदान गर्नबाट बञ्चित भएको रक्तदाता संघका अध्यक्ष रामजी खत्रीले सौर्यपत्रलाई जानकारी दिए ।



  • कार्यक्रममा एनआरएन ए  एनसिसी कतारका अध्यक्ष रमेश भट्ट लगायत कतारमा स्थापित विभिन्न संघ-संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधि,समाजसेवी, बुद्धिजीवीहरुको  उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित भएर रक्तदान गरेका रक्तदाताहरुलाई संघले प्रशंसा पत्र समेत प्रदान गरेको थियो।

    रक्तदान जस्तो पुण्य कार्यमा उल्लेख्य उपस्थित जनाउनुहुने तथा दाताहरुलाई कार्यवाहक अध्यक्ष डिल्लीराम भट्टराईले धन्यवाद तथा आभार प्रकट समेत गरेका थिए।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *