काठमाडौं जादै गरेको बस राप्ती नदिमा खस्यो कम्तिमा ६ जनाको मृत्यु


  • काठमाडौं जादै गरेको बस राप्ती नदिमा खस्यो कम्तिमा ६ जनाको मृत्यु

    भालुबाङ: लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङमा यात्रुबाहाक बस दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ ।उद्धारमा खटिएका प्रहरीको अनुसार ६ जनाको मृत्यु भएको बताइएको छ।

    आज शुक्रबार नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस भालुवाङ राप्ती पुलबाट तल राप्ती नदीमा खसेको प्रहवीले जनाएको छ ।



  • बसमा सवार अन्य पनि च्यापिएको हुनसक्ने प्रहरीले जनाएको छ। रातको समय भएकाले उद्धारमा समस्या भइरहेको स्थानीयको प्रतिक्रिया छ। बसमा सवार करिव दुइ दर्जन बढी घाइते भएको र उद्धार कार्य जारी भएको प्रहरीले जनाएको छ ।घाइतेहरुलाई भालुवाङ, लमही र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको छ । घटना सम्बन्धी विस्तृत विवरण आउन बाँकी छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *