‘गैर आवासीय नेपाली तारा सिजन ४’ : तेस्रो चरणको अडिसनबाट ५/५ जना फाइनलमा


  • 'गैर आवासीय नेपाली तारा सिजन ४' : तेस्रो चरणको अडिसनबाट ५/५ जना फाइनलमा
  • दर्शन सुनार, कतार : गैर आवासीय नेपाली संघ  राष्ट्रिय समन्वय परिषद कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा  'गैर आवासीय नेपाली तारा (२०२३) सिजन -४' को तेस्रो चरणको अडिसन सम्पन्न भएको छ। शुक्रबार कतारको प्लाजामलमा अवस्थित वेलफेयर रेस्टुरेन्टको सभाहलमा भएको तेस्रो चरणको अडिसनबाट फाईलनलिष्टको लागि गायन र नृत्य विधाबाट ५/५ जना छनोट भएका छन्।

    तेस्रो चरणबाट दिपक कुमार घले (भोटिङ न १), ईसान रेग्मी (भोटिङ नम्बर २), सुजन गुरुङ ( भोटिङ न ३), मानसिङ परियार (भोटिङ न ४) र रुस्तम तामाङ (भोटिङ न ५) गायन विधामा छनोट भएका छन्।भने, नृत्य विधा तर्फ चचाहीजुनु माया कुमाल (भोटिङ न १), सरोज लामा (भोटिङ नम्बर २), निरु श्रेष्ठ (भोटिङ न ३), झरना राई (भोटिङ न ४) र सौजन चोहार (भोटिङ न ५) छनोट भएका छन्।

    'नेपाली कला संस्कृतिको सम्मान गरौँ, प्रवासमा रहेको प्रतिभाको खोजी गरौँ’ भन्ने नाराका साथ राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ प्रवासमा लुकेर रहेको कलालाई प्रस्फुटन र उजागर गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको तेस्रो चरणको कार्यक्रममा पहिलो चरणको कार्यक्रम नृत्यबाट सुरु भएको थियो। दिया सिङले आफ्नो नृत्य प्रस्तुत गर्दै कार्यक्रमको ढोका उघारेकी थिइन्।

    अतिथि निर्णायकको भूमिकामा  सगिंतकार तथा सर्जक प्रभात त्रिपाठी रहेका थिए भने प्रतिस्पर्धाको गायन विधातर्फ वीरेन्द्र श्रेष्ठ, गुन्जन तामाङ र मङ्गल विक निर्णायकका रूपमा रहेका थिए। त्यस्तै, नृत्य विधातर्फ भबिन तामाङ, भीम प्रसाद गुरुङ र जनक लाफा मगर रहेका थिए। पर्यबेक्षकमा कमलमणि गुराराई,क्रान्ती सिङ र बुधबल गुरुङ रहेका थिए।



  • प्रभात त्रिपाठीले गायन र नृत्य विधाबाट फिनाले प्रवेश गरेका कलाकारहरुलाई शुभकामना आशिर्वादसँगै शुभेच्छा दिँदै तेसो चरणसम्म आईपुगेका कलाकारहरुलाई आगामी आउने दिनमा अझै बलियो भएर जान  सम्पुर्ण कलाकारहरुलाई प्रोत्साहन गरे। आफूले कलाकारिताप्रति धेरै माया र मोह रहेको बताउँदै कलाकारिता लाई माया गर्ने कलाकार भाईबहिनीहरुलाई लोक तथा दोहोरी गित प्रतिष्ठान कतारले संगीत सचांलन गरेको कक्षाहरुमा उपस्थित भएर थप निखारता हुन सबैलाई आग्रह समेत गरे ।

    एनसीसी कतारका सचिव रोशन अर्याल र तमु गुरुङ समाजका महासचिव डिजन गुरुङले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै अध्यक्ष रमेश भट्टले गायन तथा नृत्य विधाबाट टप ५ मा पुग्न सफल भएका कलाकारहरुलाई  हार्दिक बधाई सहित शुभकामना दिँदै तेस्रो चरणको अडिसनबाट बाहिरिएका  कलाकारहरुलाई उच्च मनोबल राख्न आग्रह समेत गरे।

    २-फेब्रुअरी २०२४ मा हुने प्रतियोगिताको ग्राण्ड फिनालेमा नेपालबाट दुबै विधाका १/१ जना अतिथि निर्णायकको साथै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन आउने जानकारी आयोजक समितिले गराएको छ। भने अल रियानको अल लुप्तामा रहेको टयुनिसियन स्कुलको सभाहलमा ग्रान्ड फिनाले हुने आयोजक टिमले बताएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *