नेपालगन्ज उपमहानगर, आन्तरिक र यातायात कार्यालय आजदेखि खुल्ने


  • नेपालगन्ज उपमहानगर, आन्तरिक र यातायात कार्यालय आजदेखि खुल्ने
  • नेपालगन्ज ३२, साउन कर्मचारीमा कोरोना संक्रमण भएपछि दुई सातादेखि बन्द रहेका नेपालगन्ज उपमहानगरपालिका, आन्तरिक राजस्व कार्यालय र यातायात व्यवस्था कार्यालय आज आइतवारदेखि खुल्ने भएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरि उपमहानगरपालिकाबाट प्रदान गरिने सेवा आजदेखि नियमित हुने जानकारी दिनुभयो । उपमहानगरपालिकासँगै सबै २३ वटै वडा कार्यालय पनि आजदेखि खुल्ने छन् । नेपालगञ्ज उपमहानगरपालिकामा कोरोना विरुद्ध उच्च सावधानी अपनाउँदै मुख्य प्रवेशद्धारमा हेल्थ डेस्क सञ्चालन गरिएको छ । सेवाग्राहीलाई कार्यालयमा प्रवेश गर्नासाथ साबुनपानीले हात धुने, सेनिटाईजर सहित ज्वरो नाप्ने ब्यवस्था समेत मिलाइएको मेयर राणाको भनाइ छ । उपमहानगरपालिकाले सेवाग्राहीलाई सेवा लिन आउँदा मास्क र सेनिटाईजरको प्रयोग गर्न तथा भिडभाड नगर्न आग्रह पनि गरेको छ । सेवाग्राहीको चाप हुने अर्को सरकारी कार्यालय आन्तरिक राजस्वले आधा कर्मचारी परिचालन गरी आजदेखि सेवा सुचारु गर्दैछ । ‘कोरोना निको भएका कर्मचारी साथीहरु अझै सात दिन होम आइसोलेसनमै बस्नुहुन्छ कार्यालय प्रमुख प्रकाश पौडेलले भन्नुभयो–‘बाँकी रहेका कर्मचारीबाट कार्यालयको सेवा सुरु हुनेछ ।’ त्यस्तै महिला कम्प्युटर अपरेटरमा कोरोना संक्रमणपछि बन्द रहेको यातायात व्यवस्था कार्यालय पनि आजदेखि खुल्दै छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *