राजेश पायलको ‘ब्याक किक’ चर्चामा


  • राजेश पायलको 'ब्याक किक' चर्चामा

    काठमाडौं : यतिबेला लोकप्रिय गायक राजेश पायल राई फेरि विवादमा तानिएका छन्।राजेशले  स्टेजमा एक व्यक्तिलाई 'ब्याक किक' गरेको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल बनिरहेको छ।

    भिडोयोमा राजेशले गाउँदै गर्दा पछाडि आएका एक जनालाई बेस्सरी लात्तीले हिर्काउँछन्। राजेशको लात्ती खाएका व्यक्ति चाहिँ आफ्नो खुट्टा छाम्दै स्टेजको कुनातिर लाग्छन्। अहिले राजेशक यस्तो हर्कतको चर्को आलोचना भइरहेको छ।



  • यो भिडियो कहाँ र कहिलेको हो ? भन्ने कुरा चाहिँ केही खुल्नमा आएको छैन। यद्यपि केही सामाजिक संजाल प्रयोगकर्ताले चाहिँ २ वर्ष अघिको भएको भन्दै कमेन्ट गरिरहेका छन्। तर वास्तविकता अझै बाहिर आएको छैन। यसबारे राजेश भने मौन छन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *