नेपाली कलाकारलाई कतारमा सम्मान


  • नेपाली कलाकारलाई कतारमा सम्मान

    दर्शन सुनार, कतार : नेपालबाट आफ्नो सांगीतिक प्रस्तुति दिन  कतार पुगेका चार जना राष्ट्रिय कलाकारहरु एकै साथ सम्मानित भएका छन्। सांगीतिक प्रस्तुति दिन कतार पुगेका गायक तथा सर्जक डोलराज बार्हघरे, गायक तथा हास्यंकलाकार अर्जुन कुँवर, लोक तथा दोहोरी गायिका रुस्मा सिञ्जाली मगर ( रुपी) र मोडल तथा डान्सर अस्मिता राना मगर सम्मानित भएका हुन्।

    स्याङ्जा सहयोग समाज कतार र लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा कतारले संयुक्त रुपमा बुधबार साझँ एक कार्यक्रमको आयोजना गर्दै  भेटघाट तथा सम्मान गरेको हो। समाजका अध्यक्ष  प्रकाश परियारको सभापतित्व तथा स्याङ्जा सेवा समाज कतारका संस्थापक तथा प्रमुख संरक्षक गुरु नारायण रानाभाटको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा स्याङ्जा सहयोग समाज कतार र लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा कतारले संयुक्त रुपमा कलाकारहरुलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्दै सम्मान गरिएको हो।

    लोक तथा दोहोरी गायिका रुस्मा सिञ्जाली मगरले कार्यक्रममा बोल्दै पहिलो वैदेशिक यात्रा कतार र पहिलोपटक कतार आउन पाउँदा आफु अत्यन्तै हर्षित रहेको बताइन्। पहिलो यात्रामा मगर संघले दिएको साथलाई सदैव आफु ऋणी रहने उनले बताइन्। त्यस्तै मोडल तथा डान्सर अस्मिता राना मगरले दोस्रो पटक पुनः कतार आउन पाउँदा निकै खुसी लागेको बताउदै संघ धन्यवाद प्रकट गरिन् ।



  • त्यस्तै गायक अर्जुन कुँवरले भर्खरै सगिंत सिक्दै गरेको विद्यार्थीलाई कतारसम्म आउन सहयोग गरेकोमा मगर संघ कतार र गुल्मी सेवा समाजलाई कृतज्ञता प्रकट गर्दै कतार यात्राले आफ्नो जिवनमा थप सहयोग पुग्ने बताए । सम्मान ग्रहण पश्रात बोल्दै सर्जक तथा गायक डोलराज बार्हघरेले  कतारले दिएको माया सम्मान सद्भाव सदैब मनमा राखिरहने बाचा गर्दै सम्पुर्णलाई धन्यवाद व्यक्त गरे ।

    प्रमुख अतिथी गुरु नारायणले कला संस्कृतिको जगेर्ना गर्ने राष्ट्रका गहना कलाकारहरुलाई राष्ट्रले उचित व्यवस्था  नगरेको बताउँदै प्रवासमा व्यस्त डिउटीको बाबजुद पनि भाषा कला र  संस्कृतिलाई बचाउन अहोरात्र खटनुहुने लोक तथा दोहोरी गित प्रतिष्ठान कतारका सम्पुर्ण पदाधिकारीहरुलाई कृतज्ञता प्रकट गरे ।

    प्रतिष्ठान शाखा कतारका अध्यक्ष शिवराम ढकालले स्वागत मन्तब्य राखेको कार्यक्रमको सहजीकरण समाजका महासचिव टेक गैरे र प्रतिष्ठान कतारका सचिब बाबु कौशलले मिलेर  गरेका थिए । कार्यक्रमका सभापति प्रकाश परियारले गृह जिल्लाकी चेली राष्ट्रका गहनाहरु सगं भेटघाट तथा सम्मान गर्ने अवसर मिलाईदिएकोमा मगर संघ प्रती हार्दिक आभार व्यक्त गरे ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *