नेपाल मगर संघ शाखा कतारले गर्‍यो कलाकारलाई सम्मान


  • नेपाल मगर संघ शाखा कतारले गर्‍यो कलाकारलाई सम्मान

    दर्शन सुनार/कतार : नेपाल मगर संघ शाखा कतारले गायक तथा सर्जक डोलराज बार्हघरे, गायक तथा हास्यंकलाकार अर्जुन कुवंर, लोक तथा दोहोरी गायिका रुस्मा सिञ्जाली मगर, ( रुपी) मोडल तथा डान्सर अस्मिता राना मगरलाई सम्मान गरेको छ ।

    नेपाल मगर संघ शाखा कतारले आयोजना गरेको  मगरहरुको राष्ट्रिय प्रमुख साँस्कृतिक चाड २०८० को लागि सांगीतिक प्रस्तुति दिन कतार आएका नेपालबाट आमन्त्रित कलाकारहरुलाई संघले बिहिबार साझँ एक कार्यक्रमको आयोजना गर्दै सम्मान गरेको हो ।

    लोक तथा दोहोरी गायिका रुस्मा सिञ्जाली  मगरले मन्तव्य बोल्दै पहिलो वैदेशिक यात्रा  कतार रहेको र पहिलो यात्रामा आफुले धेरै  माया पाएको र कतारले दिएको मायालाई सदैब आफुले सम्झिरहने बताइन्। गायक अर्जुन कुवंरले मगर संघ कतारले दिएको माया सम्मान सद्भाव सदैब मनमा राखिरहने बाचा गर्दै सम्पुर्णलाई धन्यवाद व्यक्त गरे । मोडल तथा डान्सर अस्मिता राना मगरले दोश्रो पटक पनि आफुलाई संघले माया दिएकोमा संघलाई  हार्दिक आभार प्रकट गरिन्।



  • प्रमुख अतिथि बार्हघरेले आफ्नो मन्तव्य बोल्दै आफुलाई पहिलोपटक प्लेन चढने अवसर मगर संघ शाखा कतारले दिएकोमा खुशी व्यक्त गरे। (क) बाट सुरु भएको देशको पहिलो यात्राले गर्दा अहिले आफ्नो जुन स्थान छ पहिलो माया र आशीर्वादको श्रेय मगर संघ शाखा कतार रहेको उनले बताए । अहिले पुन दोस्रोपटक कतारले गीत संगीतमा उर्जा थपेको बताउँदै संघलाई हार्दिक आभार सहित नमस्तक प्रकट गरे ।

    संघका संगठन सचिक दिपक एक्चाई मगरको  स्वागत मन्तव्य, संघका महासचिव समीर थापा मगरले  सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति आलेले संघले आयोजना गरेको राष्ट्रिय चाडलाई सफल बनाउन कलाकारहरुको अहम भुमिका, उत्साह  र योगदानले  कार्यक्रम सभ्य भब्य र  रहेको बताउदै राष्ट्रिय चाडलाई सफल बनाउन अहोरात्र खटिने कार्यसमितीका सम्पुर्ण पदाधिकारीहरुलाई कृतज्ञता प्रकट गरे ।

    कार्यक्रममा संघको मातहतमा आवद्ध रहेका एरिया समिती तथा बिभागका प्रतिनिधिहरु साँस्कृतिक परिवारमा आवद्ध रहेका कलाकारहरुको उपस्थिति रहेको थियो ।
    संघका अध्यक्ष रेशम आले मगरको सभापतित्व तथा नेपाल बाट आमन्त्रित नेपाल मगर साँस्कृतिक परिवार काठमाडौका महासचीव अतिथी गायक तथा सर्जक डोलराज बार्हखरेको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा अतिथी कलाकारहरुलाई संघले दोसल्ला ओढाएर  सम्मान पत्र,मायाको चिनो ,सहित कोशेली प्रदान गर्दै सम्मान गरेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *