पाल्पाली सेवा समाज दोहा कतारको ८ औं अधिवेशनबाट अध्यक्षमा भट्टराई निर्वाचित


  • पाल्पाली सेवा समाज दोहा कतारको ८ औं  अधिवेशनबाट अध्यक्षमा भट्टराई निर्वाचित

    दर्शन सुनार/कतार : पाल्पाली सेवा समाज कतारले ८ औं अधिवेशन सभ्य र भव्य रुपमा सम्पन्न गरेको छ । समाजका अध्यक्ष महल केसीको सभापतित्व तथा लुम्बिनी प्रदेश समन्वय परिषद कतारका प्रमुख संरक्षक कमलमणि गुराराईको प्रमुख आतिथ्यता सम्पन्न अधिवेशनबाट अध्यक्षमा विश्वनाथ भट्टराई निर्विरोध निर्वाचित भएका छन्।

    अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा विकास गैरे (बिक्की), उपाध्यक्षमा दामोदर पाण्डे, महासचिवमा मदन भण्डारी(मदन), सचिवमा इश्वोर काफ्ले, सचिवमा कमल भुसाल, कोषाध्यक्ष ऋषिराम श्रेष्ठ, सह-कोषाध्यक्ष हिरालाल बस्याल, महिला संयोजक धन कुमारी श्रेष्ठ निर्वाचित भए।

    त्यस्तै, कार्यसमिति सदस्यहरुमा विवेक गैरे, मोहन मगर, नारायण वस्याल, विष्णु बहादुर नेपाली, शरण भुसाल, सुरेश बिसी, बोम बहादुर ढेङ्गा, कमल भुसाल चयन भएका छन् । दुईजना सदस्यलाई समाजले पहिलो बैठकले चयन गर्नेछ ।

    विधिवत् उदघाटन सहित अघि बढेको कार्यक्रममा समाजका उपाध्यक्ष विश्वनाथ भट्टराईले स्वागत मन्तव्य राखेका थिए ।आठौ साधारण सभामा प्रस्तुत २०२१-२०२३ कार्यकालको प्रगति प्रतिवेदन समाजका सचिव विकाश गैरेले पेश गरेका थिए ।

    कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथीहरुलाई नेपालीहरुको मौलिक पोसाक पाल्पाली ढाका टोपीले  स्वागत गरिएको थियो। तमु (गुरुङ) समाज कतारले पाल्पाली सेवा समाजलाई सगुन ( कोशेली) स्वरुप प्रदान गर्दै सभापतिलाई फेटाद्धारा सम्मान गरेको थियो ।



  • समाजले आयोजना गरेका विभिन्न गतिविधिहरुमा विशेष सहयोग पुर्याउने संस्थाका व्यक्तित्व प्रदेश अन्तर्गतका जिल्ला संस्था,खेलाडी पत्रकार कलाकारहरुलाई कदर पत्रले सम्मान गरिएको थियो ।

    कार्यक्रममा स्थानीय कलाकार,तमु ( गुरुङ) समाज कतारका कलाकारहरुले एकल नृत्य सामुहिक नृत्य प्रस्तुत गरेका थिए। त्यस्तै, लोक तथा दोहोरी गायिका रुस्मा सिञ्जाली मगर, गायक तथा सर्जक डोलराज बार्हघरे, लोक गायक अर्जुन कुवर ले सागिंतिक प्रस्तुति दिएका थिए । प्रस्तुतिले कार्यक्रममा थप रौनक थपेको थियो

    प्रमुख अतिथि कमलमणि गुरागाँई मन्तव्यमा बोल्दै पाल्पा जिल्ला परापुर्व कालदेखि नै ऎतिहासिक, पुरातात्त्विक तथा धार्मिक स्थल रहेको र  नेपालीहरुको शिरलाई उच्च राख्ने नेपाल र नेपालीको शान पाल्पाली ढाका टोपी पाल्पा जिल्लाको प्रख्यात रहेको बताए। पाल्पाली सेवा समाजले दोहामा मात्र नभई गृह जिल्लामा पनि थुप्रै सामाजिक कार्यमा निकै राम्रा काम गरेको प्रशंसा गरे ।

    कार्यक्रममा कतारमा स्थापित बैचारिक सगंठन, प्रदेश समन्वय, विभिन्न जिल्ला संस्थाका अध्यक्ष तथा प्रतिनिधि , समाजसेवी, वुद्धिजीवी,कलाकार पत्रकार लगायत बाक्लो उपस्थिति रहेको थियो । सभापती केसीले आफ्नो कार्यकाल सफल बनाउन विभिन्न तह र तप्काबाट सहयोग गर्ने सहयोगी दातालाई धन्यवाद प्रकट गर्दै खुल्ला सत्रको समापन गरे । अधिवेशनको सहजीकरण समाजका सचिव विकास गैर्हेले गरेका गरेका थिए।

    "पाल्पाली सेवा समाजको प्रतिबद्धता निस्वार्थ सेवा समाज सेवा आजको आवश्यकता" भन्ने मुल नाराका साथ २००७ मा स्थापना भएको समाजले विभिन्न सामाजिक कार्यमा अग्रणी रहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *