घरको छतबाट खसेर १८ वर्षीया किशोरीको मृत्यु



  • दाङ । दाङको तुलसीपुरमा घरको छतबाट खसेर एक किशोरीको मृत्यु भएको छ । तुलसीपुर ५ रानीजरुवाकी १८ वर्षीया कमला केसी शुक्रबार साँझ आफ्नै घरको छतबाट खसेर गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।

    छतको रेलिङमा बसेकी उनी सन्तुलन गुमाउन पुग्दा खसेको भन्ने बताइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले बताए ।



  • उनका अनुसार छतबाट खसेकी केसीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र्पुयाइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बाँकेको कोहलपुर मेडिकल कलेजका लागि रिफर गरिएपछि त्यता लैजाने क्रममा राति साढे ११ बजेतिर बाटोमै उनको मृत्यु भएको प्रहरी निरीक्षक मल्लले बताए । घटनाबारे अनुसन्धान जारी रहेको पनि उनले बताए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *