एमाले अध्यक्ष ओली फिल्म खेल्दै, प्रधानमन्त्रीको भुमिकामा देखिने


  • एमाले अध्यक्ष ओली फिल्म खेल्दै, प्रधानमन्त्रीको भुमिकामा देखिने

    काठमाडौं । एसिड (तेजाब) आक्रमणबाट पीडित किशोरी र महिलाहरूका पीडा र जीवन कथालाई समेटेर चलचित्र निर्माण हुने भएको छ । उक्त चलचित्रमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली ‘प्रधानमन्त्री’ बन्ने भएका छन् । उनी रियलमा नभएर ‘रिल’मा प्रधानमन्त्रीको भूमिकामा देखिने भएका हुन् ।

    आज आइतबार नेपाली फिल्म ‘नमेटिने घाउ’को निर्माणको घोषणा गरिएसंगै फिल्ममा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली ‘प्रधानमन्त्री’को भूमिकामा देखिने निर्माणपक्षले जनाएको छ । फिल्मको निर्माण घोषणा ओलीकै प्रमुख आतिथ्यमा भएको थियो ।




  • यसअघि पनी ओली दिपेन्द्र दाहालको ‘रातो सूर्य’मा पनि अभिनय गरेका थिए । यो फिल्म एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको हो । जुन फिल्म अभिनेता रमित ढुङ्गानाले निर्देशन गर्दैछन् ।एसिड आक्रमणपछिको दृश्यमा मुस्कानकै अभिनय रहने जनाइएको छ । एसिड आक्रमण हुनुभन्दा अगाडिको पार्टमा भने रचना गौतम मुस्कान बन्नेछिन् ।

    मुस्कान खातुनमाथि २०७६ सालको भदौ २० गते वीरगन्जको रेशम कोठीस्थित त्रिभुवन हनुमान उच्च माविमा पढ्न जाँदै गर्दा एसिड प्रहार भएको थियो । एसिड आक्रमणबाट उनको अनुहारको एकातर्फको भाग जलेको छ । फिल्म निर्माणका लागि वीरगन्ज महानगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेको बताइन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *