निदान डाइग्नोस्टिक नेपालगन्जद्वारा १८३ जनाको नि:शुल्क थाइराइड चेकजाँच


  • निदान डाइग्नोस्टिक नेपालगन्जद्वारा १८३ जनाको नि:शुल्क थाइराइड चेकजाँच

    नेपालगन्ज : निदान डाइग्नोस्टिक एन्ड हेल्थ केयर प्रालि नेपालगन्ज चौथो वर्षमा प्रवेश गरेको छ। नेपालगन्जमा उच्च प्रविधि र दक्ष जनशक्तिद्वारा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको निदानले छोटो समयमै राम्रो छवि बनाउन सफल भएको छ।

    सामाजिक कार्यमा पनि अग्रसर छ निदान। शनिबार मात्रै चौथो वार्षिकोत्सवको अवसरमा निदानले नि:शुल्क थाइराइडको चेकजाँच शिविर आयोजना गरेको थियो। जुन शिविरमा १ सय ८३ जनाको रगतको नमुना संकलन गरिएको निदानका प्रवन्ध निर्देशक सन्दीप पोख्रेलले सौर्यपत्रलाई जानकारी दिए।



  • सामान्यतया १२ सयदेखि १३ सय रुपैयाँसम्म पर्ने उक्त चेकजाँचको सुविधा नि:शुल्क लिन पाउँदा सेवाग्राहीहरु निकै खुशी भएका थिए। आर्थिक स्थित कमजोर भएकाहरुलाई मध्यनजर गर्दै  सामाजिक कार्यलाई निरन्तरता दिनको लागि ल्याब लाइन ट्रेडर्स काठमाडौंको विशेष सहकार्यमा उक्त शिविर संचालन गरिएको निदानका संचालक एवम् ल्याब इन्चार्ज शिशिर सापकोटाले बताए।

    सापकोटाका अनुसार चेकजाँचका क्रममा रगतको नमुना संकलन गरिएको सबैको रिपोर्ट पनि आइसकेको छ। सम्बन्धि सेवाग्राहीले निदानमा गएर आफ्नो रिपोर्ट लिनसक्नेछन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *