चेकइन गरेका लकेज नबोकी उड्छन् नेपाल र हिमालयन एयरलाइन्स


  • चेकइन गरेका लकेज नबोकी उड्छन् नेपाल र हिमालयन एयरलाइन्स

    दर्शन सुनार/दोहा कतार : नेपाल एयरलाइन्स र हिमालयन ध्वजाबाहक एयरलाइन्सप्रति यात्रुहरु असन्तुष्ट रहेको पाइएको छ। लकेजमा फितलो व्यवस्थापन गरेको भन्दै यात्रुहरुको गुनासो आउन थालेको छ।

    गन्तव्यमा आफूहरु पुगिसकेपनि घण्टौँसम्म कुर्दा समेत लकेज न आएको एक यात्रुले बताएका छन्। यात्रु गन्तव्य स्थल पुगेर घन्टौ पर्खिदा समेत लकेज नआउने र एयरलाइन्सका जिम्मेवार अधिकारीले शिष्टता तथा जिम्मेवारी पूर्वक जवाफ नदिने गरेको गुनासा बढेका छन् ।

    गत महिनाको २९ तारिक H9563 को उडानबाट काठमाडौँ हुँदै कतार आएका यात्रुले हमाद विमानस्थलमा करिब दुई घण्टा आफ्ना लकेज पर्खिए तर लकेज आएन । नेपालबाट बिना जानकारी नै दुई घण्टा ढिलो उडेको र कतारमा बिहान सवा २ बजे ल्यान्ड गर्दा पनि ब्यागेज नआएको विषयमा बुझ्न खोज्दा एयरलाइन्सका अधिकारीले शिष्टता प्रकट नगरेको जनाएका छन् । एक यात्रुले उनको झोलामा केही रकम र महत्त्वपूर्ण कागजात रहेको बताउँदै उनले आफ्नो ब्यागेज अर्को दिन मात्र कतार आएको बताए ।

    त्यस्तै, सोही दिन नेपाल एयरलाइन्सबाट यात्रा गरेका अर्का एक यात्रुले पनि उस्तै किसिमको दु:ख भोग्नुपरेको बताएका छन्। उनी पनि अर्को दिनको फलाइटमा विमानस्थल पुगेर आफ्नो लकेज लिएको बताएका छन् । यस बारेमा थप बुझ्न र आधिकारिक जवाफ लिन हिमालयन एयरलाइन्सका जिम्मेवार व्यक्तिलाई सम्पर्क गर्दा कुनै प्रतिक्रिया दिन चाहेनन् भने लकेज किन आएन भन्ने बारेमा अनभिज्ञता प्रकट गरे ।

    नेपालबाट उड्ने नेपालका एयरलाइन्सको गैर जिम्मेवारी पनले कतार फर्किएर अर्को दिन काममा जानु पर्ने कामदारलाई प्रत्यक्ष मार परेको छ भने मानसिक तनाव र आर्थिक अभावको सामना समेत गर्नु परेको छ ।



  • (कतारबाट प्रकाशित हुने अङ्ग्रेजी राष्ट्रिय दैनिक दि पेनेन्सुयला डेलीमा प्रकाशित समाचारको सम्पादित अंश )

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *