‘नेपाल पत्रकार महासंघ कतार शाखा’ : आठौं अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ निर्वाचित


  • 'नेपाल पत्रकार महासंघ कतार शाखा' : आठौं अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ निर्वाचित

    दर्शन सुनार/कतार : नेपाल पत्रकार महासंघ कतार शाखाको आठौँ अधिवेशन सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यता रहेको अधिवेशन कतार शाखाका अध्यक्ष करीम बक्स मियाँको अध्यक्षतामा सम्पन्न भएको हो ।

    शुक्रबार नेपाली राजदूतावासको सभा हलमा सम्पन्न अधिवेशनबाट आगामी ३ वर्षका लागि दिल कुमार श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्बसहमत चयन भएको छ ।

    कार्यसमितिको उपाध्यक्षमा अर्जुन पौडेल, सचिव दिलीप पराजुली, सहसचिव शारदा भुजेल, कोषाध्यक्ष कुमार अविरल रहेका छन् । त्यस्तै कार्यसमिति सदस्यहरूमा उद्भव बहादुर मगर, टेकराज थापा, सन्तोष केसी र सावित्रा शर्मा रहेका छन् । 

    अधिवेशनमा महासंघका केन्द्रीय सदस्यद्घय प्रदीप काफ्ले र ज्ञान प्रसाद पौडेल, नेपाली दूतावास कतारका नियोग उपप्रमुख कुमार राई, एनआरएनए आइसिसी, एनसिसी कतार, वैचारिक सङ्गठनका विभिन्न ओहोदाका व्यक्तित्वहरूको विशेष आतिथ्यता सहित शुभकामना मन्तव्य राखेका थिए ।



  • कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले विदेशमा बसेर नेपाली पत्रकारितामा गरेको योगदानको प्रशंसा गरेका थिए । उनले पत्रकारीताका न्यूनतम दायरा पुरा गरेर लेखन कार्यलाई गति दिन पर्ने आवश्यकता औल्याउँदै कतारले विकासमा मारेको फड्कोकी बारेमा पनि  लेख्न आग्रह गरे ।

    कार्यक्रम संयोजक तथा संस्थाका उपाध्यक्ष दिल श्रेष्ठले स्वागत मन्तव्य राखेको अधिवेशनको समापन गर्दै अध्यक्ष मियाँले
    नेपाली समाजमा पत्रकार महासंघ कतार सामाजिक अभियानको एक हिस्सा रहेको र आफनो कार्यकालमा कतारमा विभिन्न माध्यमबाट दुख र पिडामा परेका करिब ३७ जना नेपालीहरुलाई सकुशल नेपाल पठाउन सफल रहेको बताए ।

    मियाँले नेपाली र नेपाली राजदुतावास सँग मिलेर समाजमा थुप्रै राम्रा काम गर्दै आईरहेको दाबी गरे । मानिसको जीवन नत्थिङबाट सुरु भएर समथिङ हुँदै पुन नत्थिङ हुने कुरा बुझ्न अति आवश्यक रहेको बताउँदै दूतावासले हल उपलब्ध गराएर अधिवेशन गर्न सहज भएको बताउँदै धन्यवाद  ज्ञापन गरे । कार्यक्रमको सहजीरण संघका सचिब अर्जुन पौडेलले गरेका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *