रुस्तम र निरुलाई ‘गैर आवासीय नेपाली तारा २०२३’को उपाधि


  • रुस्तम र निरुलाई 'गैर आवासीय नेपाली तारा २०२३'को उपाधि

    दर्शन सुनार/कतार : रुस्तम तामाङ र निरु श्रेष्ठले 'गैर आवासीय नेपाली तारा-२०२३'को उपाधि चुम्न सफल भएका छन्। शुक्रबार कतारको अल लक्तामा अवस्थित ट्युनिसीयन स्कुलको सभाहलमा सम्पन्न ग्राण्ड फिनालेबाट रुस्तमले गायन विधाको र निरुले नृत्य विधाको उपाधि चुमेका हुन्।

    गायन विधामा फर्स्ट रनरअप चाहि सुजन गुरुङ् भए भने नृत्य विधा तर्फ सरोज लामा फर्स्ट रनरअप हुन सफल भए। फिनालेमा अतिथि निर्णायकको लागि आयोजकले लोकप्रिय गायक रामकृष्ण ढकाल र डान्सर पूर्णिमा श्रेष्ठलाईलाई नेपालबाट बोलाएको थियो।

    नेपालबाट आएका अग्रज कलाकारहरुको उपस्तिथिले फिनालेमा प्रतिस्पर्धा गर्नको लागि सहभागी भएका प्रतिस्पर्धीहरु निकै उत्साहित थिए। रामकृष्ण र पूर्णिमाले सहभागी प्रतिस्पर्धीहरुको हौसला बढाइदिएका थिए।

    'नेपाली कला संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेका प्रतिभाको खोजी गरौ' भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको हो। कार्यक्रम गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र तमु ( गुरुङ) समाज कतारको संयुक्त आयोजनामा 'राष्ट्रिय आविस्कार केन्द्रको सहयोगार्थ' आयोजना गरिएको हो।

    कार्यक्रममा नेपाल मगर संघ शाखा कतार, नेपाल प्रवासी तामाङ समाज कतार,र तमु ( गुरुङ) समाज कतारका कलाकारहरुले सामुहिक नृत्य प्रस्तुत गरेका थिए । कमलमणि गुराराई, क्रान्ती सिङ,करिम बकस मियाँ र बुधबल गुरुङ परिवेक्षक रहेको कार्यक्रममा रामकृष्णका अलावा मंगल बिक, गुन्जन तामाङ, बिरेन्द्र श्रेष्ठ पनि गायन विधाको निर्णायकमा थिए।



  • त्यस्तै पूर्णिमा श्रेष्ठ मुख्य निर्णायक रहेको नृत्य विधामा भबिन तामाङ, जनक थापा मगर र भिम  गुरुङ पनि निर्णयकको भुमिकामा रहेका थिए। कार्यक्रममा रामकृष्णले आफ्ना आधा दर्जन गीतहरु सुनाएका थिए। रामकृष्णको 'जदो माया' गीतमा सबै दर्शकहरु झुमेका पनि थिए। चर्चित डान्सर पूर्णिमा श्रेष्ठले पनि आफ्नो नृत्य प्रस्तुत गरेकी थिइन्।

    कार्यक्रममा एनआरएनए आईसिसी,कतारमा स्थापित बैचारिक सगंठन, प्रदेश समन्वय, विभिन्न जिल्ला सस्थां मातृंसस्था,समाजसेवी, बुद्धिजीवी, कलाकार पत्रकार सहित करिब हजार दर्शकको उपस्तिथि रहेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *