जोर विजोर प्रणाली उल्लंघन गर्नेलाई कारवाही

जोर विजोर प्रणाली उल्लंघन गर्नेलाई कारवाही

उज्वल गिरी- नेपालगन्ज ३२, साउन ।
बाँकेमा जोर विजोर प्रणाली उल्लंघन गर्नेलाई कार्वाही गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार विजोर गते जोर नम्बरका सवारी साधन चलाउने २ सय १ सवारीलाई कारवाही गरेर जरिवाना तिराइएको छ ।

कार्वाहीबाट ६६ हजार जरिवाना गरिएको प्रजिअ कुरुम्बाङले जानकारी दिनुभयो । जिल्लामा शनिवारदेखि सवारी साधनमा जोर विजोर प्रणाली लागू गरिएको छ । कोरोना संक्रमणको जोखिम बढेपछि १३ दिनसम्म निषेधाज्ञा जारी गरिएको बाँकेमा निषेधाज्ञा हटाई जोर विजोर प्रणाली लागू गरिएको हो । आज जोर अंक भएका सवारी साधानमात्र चल्न पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *