आजबाट दयाहाङ अभिनित दुई सिनेमा ‘हात्तीछाप’ र ‘दयारानी’ हलमा


  • आजबाट दयाहाङ अभिनित दुई सिनेमा 'हात्तीछाप' र 'दयारानी' हलमा

    काठमाडौं : आज शुक्रवारबाट देशभर अभिनेता दयाहाङ राईका दुई सिनेमा प्रदर्शनमा आएका छन् । पाँच बर्ष अघि निर्माण भएको सिनेमा ‘दयारानी’ र हालै बनेको सिनेमा ‘हात्तीछाप’ आजबाट देशभर प्रदर्शनमा आएका हुन् ।

    दुई भिन्न कथामा बनेका दुई सिनेमाका आफ्नै आफ्नै प्रकारका दर्शक भएको कारण दुबै सिनेमा सफल हुने अपेक्षा गरिएको छ ।



  • सिमोस सुनुवारको निर्देशन तथा किरण नेपालीको प्रस्तुति रहेको ‘हात्तीछाप’ मा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, विल्सनविक्रम राई, विनोद न्यौपाने, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, सविन बास्तोला लगायतको अभिनय छ भने दीपकराज गिरी केमियो भूमिकामा छन् ।

    त्यस्तै बाँसुरी फिल्मस् र माओत्से गुरुङ फिल्मस्को संयुक्त निर्माण रहेको ‘दयारानी’मा भने दयाहाङ राई, दिया पुन, विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, शिरिषा कुँवर, नयन गुरुङ, सूर्य सुनार, क्रिष्टि गुरुङ, राजेन्द्र थापा, टीकाराम घले, सीतादेवी गुरुङलगायतका कलाकारको अभिनय छ । सिनेमामा माओत्से गुरुङको लेखन तथा निर्देशन रहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *