कोशी प्रदेशमा आज मन्त्रिपरिषद विस्तार हुँदै


  • कोशी प्रदेशमा आज मन्त्रिपरिषद विस्तार हुँदै

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । उनले आज नेपाली कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रका दुई मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।

    स्रोतका अनुसार नेपाली कांग्रेसबाट प्रदीप सुनुवार र रामकुमार खत्री मन्त्री बन्दैछन् भने इन्दिरा थापा राज्यमन्त्री बन्नेछिन् । प्रदीपलाई स्वास्थ्य र रामकुमारलाई कृषि मन्त्रालयको जिम्मेवारी दिन लागिएको बताइन्छ । राज्यमन्त्री थापाको भने मन्त्रालय टुंगो लागिसकेको छैन ।



  • यसैगरी माओवादी केन्द्रबाट उदयपुरका नारायण बुर्जामगर र संखुवासभाका राजेन्द्र कार्की मन्त्री बन्दैछन् । उनीहरुलाई सामाजिक विकास र खानेपानी मन्त्रालय दिने तयारी छ ।

    नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम आज ४ बजे हुने मुख्यमन्त्री कार्कीले जानकारी दिए । सरकार परिवर्तनको अखडा बनेको कोशीमा सरकार गठनको चार महिनापछि मन्त्रिपरिषदले पूर्णता पाउन लागेको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *