गुल्मी सेवा समाज कतारले मनायो ‘२० औं वार्षिक उत्सव’


  • गुल्मी सेवा समाज कतारले मनायो '२० औं वार्षिक उत्सव'

    दर्शन सुनार/ कतार : गुल्मी सेवा समाज कतारले आफ्नो '२० औं वार्षिक उत्सव' भव्य रुपमा मनाएको छ। शुक्रबार कतारमा एक कार्यक्रमको आयोजना गर्दै समाजले 'वार्षिक उत्सव तथा आन्तरिक वनभोज कार्यक्रम' सम्पन्न गरेको हो ।

    कार्यक्रममा समाजका अध्यक्ष कमल अर्यालको सभापतित्व तथा लुम्बिनी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष  बुद्ध पान्डेयको प्रमुख आतिथ्यता रहेको थियो। त्यस्तै, समाजका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक मित्र बिएसले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए ।

    वक्ताहरुले गुल्मी सेवा समाज कतारले स्थापना काल देखि  नै गृह जिल्ला तथा कतारमा विभिन्न सामाजिक कार्यमा गर्दै आईरहेको बताउँदै कार्यक्रममा खुलेर प्रशंसा गरेका थिए। समाजले विगत लामो समयदेखि छात्रवृत्ति अभियान चलाएर गुल्मीका बालबालिकाहरुलाई शिक्षामा निकै ठुलो टेवा पुर्याएको वक्ताहरुको भनाई रहेको थियो।



  • प्रमुख अतिथी पान्डेयले कार्यक्रममा बोल्दै प्रवासमा मात्र नभई गृह जिल्लामा समेत परि आउने विविध समस्यामा समाज सारथी बनेर उभिएको बताए। गुल्मीका बालबालिकाहरुलाई शिक्षाबाट बञ्चित हुने वातावरण सिर्जना नहोस्  भन्ने उद्देश्यले समाजले विगत लामो समयदेखि छात्रवृत्ति अभियान चलाउँदै आएको र थप निरन्तरता दिन समाजले चलाएका अभियानहरुमा सबैलाई जोडिन समेत उनले आग्रह गरे।

    समाजले नितान्त सामाजिक कार्य गर्दै आइरहेको र आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गर्दै समाजका अध्यक्ष अर्यालले कार्यक्रम समापन गरेका थिए। कार्यक्रमको सहजीकरण भने समाजका सहसचिव कुमार राहादीले गरेका थिए।

    कार्यक्रममा लुम्बिनी प्रदेश मातहतमा रहेका विभिन्न जिल्ला सस्थांका अध्यक्ष तथा प्रतिनिधि  साथै कतारमा रहेका गुल्मेली तथा गैर गुल्मेलीहरुको उपस्थिति सहित मन्तव्य रहेको थियो।

    'गुल्मी सेवा समाज कतारको प्रतिबद्धता, निस्वार्थ समाज सेवा आजको आवश्यकता' भन्ने मुल नाराका साथ सन: २००३ मा स्थापित यो संस्थाले कतार लगायत गृह जिल्ला गुल्मीमा समेत विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *