रोजगारीको लागि ६ महिना अघि कुवेत गएका किशुम सोमबारदेखि सम्पर्क विहीन


  • रोजगारीको लागि ६ महिना अघि कुवेत गएका किशुम सोमबारदेखि सम्पर्क विहीन

    दर्शन सुनार/कतार : वैदेशिक रोजगारीको लागि कुवेत गएका किशुम महर्जन गत सोमबारदेखि सम्पर्क विहीन भएका छन् । अल हमाजि ग्रुपमा करिब ६ महिना पहिले  रोजगारीका लागि कुवेत आएका किशुम गत सोमबार नेपाल जाने साथीलाई परिवारका लागि पार्सल छोड्न गएको र त्यतैबाट सम्पर्क विहीन भएको बुझिएको छ।

    अहिले कुवेतस्थित नेपाली दूतावासले परिवारबाट सूचना प्राप्त भएको र खोजीकार्यलाई तीव्र पारिएको जनाएको छ ।



  • हप्तादिन यता सम्पर्कमा नआएपछि कम्पनी, दूतावास तथा कुवेत सबैतिर खोजीका लागि अपिल गरिएको जनाउँदै किशुमका बाबु तिर्थराज मर्हजनले खोजी कार्यमा सहयोग गर्न कुवेतवासी सबैमा अनुरोध गरेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *