शैक्षिक संस्थाहरुमा चन्दा माग्दै हिड्ने २ जना पक्राउ


  • शैक्षिक संस्थाहरुमा चन्दा माग्दै हिड्ने २ जना पक्राउ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नाममा पूर्वका केही जिल्लाका शैक्षिक संस्थाहरुमा चन्दा माग गर्दै धम्की दिने दुई जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा इलामको माम्सेबुङ गाँउपालिका १ गजुरमुखी घर भई हाल काठमाडौंस्थित भिमसेनगोला डेरा गरी बस्ने ३८ वर्षका प्रविण मिश्र र पाँचथरको याङवरक गाउँपालिका १ बस्ने अन्दाजी ३० वर्षीय विपिन अधिकारी रहेका छन् ।

    उनीहरुले विगत केही समयदेखि मोरङ लगायतका जिल्लामा रहेका शैक्षिक संस्थाहरुमा भूमिगत संगठनका नाममा चन्दा माग गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    महासचिव महावीरको दस्तखत भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) लेखिएको लेटरप्याड प्रयोग गरी चन्दा माग गर्ने र नदिए ध्वांसात्मक कार्य समेत गर्ने धम्की दिएको प्रहरीले जनाएको छ ।

    चन्दा माग गरिरहेको सूचनापछि सादा पोसाकमा ब्यापक प्रहरी खटाइएको थियो । चन्दा अशुल गर्ने समूहका दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको थियो । उनीहरुले शैक्षिक संस्थाहरुलाई त्रसित बनाउन प्रेशर कुकरमा बम बनाई विराटनगर महानगरपालिका ३ स्थित घरेलु तथा साना उद्योग कार्यालय परिसर नजिकै राखेका थिए ।



  • कार्यालयबाट २०० मीटर पश्चिममा रहेको खाली चौरमा प्रेसर कुकर बम जस्तो देखिने विष्फोटक पदार्थ राखेको भेटिएको थियो । उक्त वस्तु नेपाली सेनाको वम डिस्फोजल टोलीले मंगलबार बिहान डिस्पोज गरेको थियो ।

    प्रविण मिश्रको साथबाट प्रहरीले बिष्फोटक पदार्थमा प्रयोग हुने डेटोनेटर ७ थान, १८ फिट ३ ईन्च लम्बाई रहेको डेडकर्ड र विस्फोटक पदार्थ बनाउन प्रयोग हुने सोडा बरामद भएको छ।

    सहयोग रसिदको ठेली २ थान, खाली खाम ४ थान, आर्थिक सहयोग सम्बन्धी लेखिएको महावीर महासचिव भन्ने नेपाल कम्यूनिष्ट पार्टी ९माओवादी० लेखिएको पत्र ५ थान, मुक्ती नाथ प्रकासन गृहको प्रेस आईडी कार्ड, डायरी र मोबाइलहरू बरामद भएको छ।

    विपिन अधिकारीले साथबाट काटिएको रसिदको ठेली एउटा र नकाटिएको सहयोग रसिद ठेली एउटा बरामद भएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *