‘ल्होछार कन्सर्ट २०२४’: सांगीतिक प्रस्तुतिको लागि राजेश पायल राई आइपुगे कतार


  • 'ल्होछार कन्सर्ट २०२४': सांगीतिक प्रस्तुतिको लागि राजेश पायल राई आइपुगे कतार

    दर्शन सुनार/कतार : पछिल्लो समय कतारमा दिनहुँजसो विभिन्न कार्यक्रमहरु भइरहेका हुन्छन्। प्रायः सांगीतिक कार्यक्रमहरु आयोजना हुनेक्रम बढ्दो छ कतारमा। यसैबीच 'ल्होछार कन्सर्ट २०२४' आगामी शुक्रबार आयोजना हुँदैछ। जसको लागि लोकप्रिय गायक राजेश पायल राई कतार आइपुगेका छन्।

    बिहीबार राजेश कतारको दोहा आइपुगेका हुन्। राजेशको स्वागतको लागि नेपाल तामाङ घेदुङ कार्यसमितिका अध्यक्ष लगायत अन्य पदाधिकारी हमद अन्तर्राष्ट्रिय विमान स्थल पुगेका थिए। राजेशलाई खादा र फूलको गुच्छाले कतार एयरपोर्टमा स्वागत गरिएको थियो।



  • नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारको आयोजनामा तामाङहरुको महान पर्व सोनाम ल्होछारको वसरमा "ल्होछार कन्सर्ट २०२४ " आयोजना हुन लागेको हो। राजेशका अलावा कार्यक्रमको लागि गायक उमंग लामा र गायिका रेश्म बम्जन बुधबार नै कतार आइसकेका छन्।

    त्यस्तै नेपालबाट म्हेन्दोमाया तथा लोक दोहोरी गायिका मनमाया वाईवा तामाङ आज बिहीबार बेलुका दोहा आईपुग्ने जानकारी सहित कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारका अध्यक्ष बिकास स्याङ्तान तामाङले सौर्यपत्रलाई जानकारी दिए।

    कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारसगैं  कतारमा रहेका विभिन्न समुदायबाट सामूहिक मौलिक नृत्य समेत रहने भएको छ । कार्यक्रममा प्रवेश शुल्क महिलाका लागि ५०, पुरुषका लागि ७५, भिआईपि १०० र परिवारका लागु ५०० रियाल रहेको छ भने क्यु टिकट अनलाइन मार्फत पनि खरिद गर्न सक्ने व्यवस्था समेत रहेको छ ।

    शुक्रबार अल अरबी स्पोर्ट्स क्लबमा बिहान ११ बजेदेखि कार्यक्रमको ढोका खुल्ने र ठिक साढे १२ बजेदेखि कार्यक्रम सुरु हुने कार्यतालिका रहेको छ। कार्यक्रममा सबैलाई उपस्थितिको लागि नेपाल तामाङ घेदुङ प्रवास कार्यसमितिले अनुरोध समेत गरेको छ।भने, सौर्यपत्र अनलाइन समेत उक्त कार्यक्रमको सञ्चार सहयोगीका रुपमा रहेको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *