दाङमा सहायक हवल्दारद्धारा गोली प्रहार गरी पत्नीको हत्या


  • दाङमा सहायक हवल्दारद्धारा  गोली प्रहार गरी पत्नीको हत्या
  • दाङ : नेपाल प्रहरीका सहायक हवल्दारले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जमा कार्यरत प्रहरी सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानी श्रीमतीको हत्या गरेका हुन ।

    बिहिवार राती करिव ८ बजेर ३० मिनेटको समयमा दाङको घोराही स्थित दामोदर चोकमा गोली प्रहार गरेर श्रीमती धनमाया थापाको हत्या गरेको दाङ प्रहरीले जनाएको छ ।

    दाङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक(एसपी) रामबहादुर केसीका अनुसार टु ट्वान्टी बाइकमा आएका झाँक्रीले घोराहीको दामोदर चोकमा हतियारसहित ड्युटीमा बसेकी श्रीमतीलाई तीन राउन्ड गोली हानेका थिए । दुई राउन्ड कोखामा र एक राउन्ड गोली छातीमा लागेको थियो ।



  • गोली प्रहारपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले मगरलाई मृत घोषणा गरेका थिए । श्रीमतीलाई गोली हानी हत्या गर्ने सहायक हवल्दार झाँक्रीलाई प्रहरी पेस्तोलसहित लमहीबाट पक्राउ गरेको छ ।

    यमबहादुरको पत्नी जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत थिइन । उनी प्रहरी जवान हुन् । घटनाको कारण भने खुलेको छैन । हत्यामा संलग्न आरोपी कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखको रनरको रुपमा कार्यरत थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *