कर्णालीमा सरकारबाट बाहिरिने कांग्रेसको चेतावनी


  • कर्णालीमा सरकारबाट बाहिरिने कांग्रेसको चेतावनी
  • काठमाडौं । कर्णाली प्रदेश सरकारमा सत्ता गठबन्धनमा खटपट सुरु भएको छ । कर्णालीमा सत्ता साझेदार दल नेपाली कांग्रेसले सरकारप्रति असन्तुष्ट जनाएको हो ।

    नेपाली कांग्रेस कर्णाली संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारबाट बाहिरिने चेतावनीसमेत दिएका छन् । उनले बिहीबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै अहिलेकै अराजकताको अवस्थामा कांग्रेस सरकारमा बस्न नसक्ने बताएका हुन् ।

    उनले राजकताको अवस्थामा कर्णालीमा कांग्रेस सरकारबाट बाहिरिनु उपयुक्त भएको बताएका छन् । साथै, कांग्रेसबाट सरकारमा रहेका मन्त्रीहरूलाई सरकारबाट बाहिरिनसमेत उनले आग्रह गरेका छन् ।



  • ‘यो अराजकताको अवस्थामा कर्णालीमा कांग्रेस सरकारबाट बाहिरिनु उपयुक्त हो’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सोही बमोजिम कांग्रेसबाट सहभागी मन्त्रीहरूले व्यवस्थापन गर्दा राम्रो होला ।’

    कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट तीनजना मन्त्री छन् । जसमा सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेल, आर्थिक मामिला तथा योजनामन्त्रीमा वेदराज सिंह र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा कृष्णबहादुर बिसी मन्त्री छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *