कतारमा भव्य तरिकाले सम्पन्न भयो ‘ल्होसार कन्सर्ट २०२४’ ( फोटो फिचर)


  • कतारमा भव्य तरिकाले सम्पन्न भयो 'ल्होसार कन्सर्ट २०२४' ( फोटो फिचर)

    दर्शन सुनार/कतार : नेपाल तामाङ घेदुङ प्रवास कार्यसमितिले 'ल्होसार कन्सर्ट-२०२४' भव्य तरिकाले सम्पन्न गरेको छ। नेपाल तामाङ घेदुङ प्रवास कार्यसमितिको आयोजनामा 'नेपालीहरुको राष्ट्रिय पर्व,तामाङ जातिको नयाँ वर्ष' मञ्जुश्री २८६० ( डुक ल्हो/ मु पुर्खी वर्ष ) 'सोनाम ल्होसार २०२४' शुक्रबार कतारको अल अरबी स्पोर्ट्स क्लबको सभाहलमा सम्पन्न गरेको हो ।

    नेपाल तामाङ घेदुङ प्रवास कार्यसमितिका अध्यक्ष विकास स्याङतानको सभापतित्व तथा नेपाली राजदूतावासका सहायक राजदुत तथा मिसन उपप्रमुख कुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा तामाङ जागरण गितमा झाकी नृत्यसहित प्रमुख अतिथिद्वारा दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

    तामाङ समुदाय र संस्कृति अन्तर्गतको जागरण गीतमा झाँकी प्रदर्शन सहित दिप प्रज्वलन गरि राष्ट्रिय गान बजाएर औपचारिक रुपमा सुरु भएको कार्यक्रममा तामाङ समुदायको कलाकारहरुले स्वागत नृत्य तथा साङ सेरगेम प्रस्तुत गरेका थिए ।संस्थाका संरक्षक तथा कार्यक्रम संयोजक एक्का प्रसाद तामाङले कार्यक्रमको बारेमा बिस्तृत जानकारी दिदै  उपस्थित सबैलाई सम्बोधन गर्दै स्वागत मन्तव्य राखेका थिए ।

    कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथीहरुलाई  तामाङहरुको पोसाक (तागी) टोपी लगाईदिएर सम्मान गरिएको थियो । गायक सुर्यलामाले आफ्नो  'उर्लियो तामाङ टुडिखेलमा' बोलको गीत गाउँदै गर्दै साँस्कृतिक कार्यक्रमको ढोका उघारेका थिए । गोइजिन तामाङ, प्रिया तामाङ र कमला तामाङले 'ल्हासो ल्हासो फ्याफुल्ला' बोलको गीतमा नृत्य प्रस्तुत गरेपछि निरन्तर रुपमा साँगितिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो।

    पहिलो चरणको कार्यक्रममा  सानुबाबु तामाङ,गौतम तामाङ, साल्मा तामाङ, कमला तामाङ, दिपिका कार्की, मान बहादुर तामाङ, समीर तामाङ र सागर तामाङ,सपना घलान तामाङ,विसु तामाङ, सन्तु तामाङ, सम्झना तामाङ, सागर तामाङ,समीर तामाङ,माया थोकर,बद्री देबकोटा,सुजन गुरुङ लगायतका कलाकारहरुले सामुहिक नृत्य,म्होन्दोमाया,सेलो गितहरुमा गायन तथा नृत्य पेश गरेका थिए ।

    साँस्कृतिक कार्यक्रमको रोहबरमा थोरै वक्ताहरुलाई मात्र शुभकामना मन्तव्य दिइएको थियो । नेपाली महिला समाज कतारकी बरिस्ठ उपाध्यक्ष सन्ध्या अर्याल, एनसीसी कतारका अध्यक्ष रमेश भट्ट, आईसीसीका पुर्व मानर्थ सदस्य तथा वर्तमान  सल्लाहकार कमलमणि गुराँगाई, लगायतले आफ्नो शुभकामना मन्तव्य राखेका थिए।

    कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेका नेपालबाट आमन्त्रित अतिथि कलाकारहरुको प्रस्तुति अन्तर्गत सबै भन्दा पहिला पुर्बेली लोक गायक उमंग लामाले 'गाउलाई सम्झेको' बोलको गीत गाउँदै स्टेज उक्लेका थिए। उनले सो गीतसङ्गै "देउराली बनेछ ढुंगाको', 'के भन्ने हाम्रो समय', 'वारि जमुना पारी जमुना', 'आलु तामाले बुहारी चाहियो भन्छिन आमाले' लगायतका गीतहरू पनि गाएर मज्जैले दर्शकहरुलाई झुमाएका थिए।



  • दोस्रो प्रस्तुतिको लागि सेलो गायिका रेश्मा बम्जन तामाङ सेलो गीत ह्याङतामा सङ्गै दर्शकहरु माझ्मा प्रस्तुत भएकी थिइन्। भने उनले पनि वैशाखै गए मङ्सिरै आउला, डम्फु र सेलो च्याङ्बा र मैच्याङ,आधा दर्जन जति आफ्ना प्रस्तुती राखिन दर्शकहरुलाई नचाईन्। नेपालबाट आमन्त्रित कलाकार म्हेन्दोमाया तथा चर्चित लोक तथा दोहोरी गायिका मनमाया वाईवा तामाङले मर्के सिरुङ गित गाउँदै स्टेज चढिन सितली सितली, म्हेन्दोमाया जस्ता आफ्ना प्रस्तुति राखेकी थिइन्। उपस्थिति दर्शकहरुले भरपुर्ण मनोरञ्जन लिएका थिए।

    कार्यक्रममा अन्तिम प्रस्तुति राजेश पायल राईको रहेको थियो। राई आउनु अगावै हजारौ दर्शकका नजर स्टेज तिर नै सोझिएका थिए। जब राईको हलमा ईन्ट्री भयो तब-तब हुटिङले जितेको थियो। राईले सिमल छाँयाले बोलको गित गाउँदै स्टेज चढे। हलको माहोल जुरुक्क उठेको थियो । राईले दर्शन नमस्ते,तिमी सँगै जिउने मर्ने चाहाना,म त मर्छु कि क्या हो ठुली, बसमा छैन यो मन ,जस्ता गित प्रस्तुत राखे दर्शकहरु झुमेर मजाले नाचिरहे। दर्शकहरुको बाक्लो उपस्थितिबाट वान्समोर पाईरहे, दर्शकहरु झुमेर नाचिरहे ।

    प्रमुख अतिथि राईले आफनो शुभकामना मन्तव्यमा बोल्दै हाम्रो देश नेपाल  सुन्दर र साझा फुलवारी रहेको र त्यही फुल बारीमा हुर्किएका तामाङ जातीको आफनै पहिचान रहेको बताए।त्यस्तै देशको मौलिक ,धर्म संस्कृति ललाई बचाईराखेको, जोगाईराखेको र संस्कृतिलाई प्रवद्धन गर्न यो कार्यक्रमको आयोजना गर्ने सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्दै  नेपाल तामाङ घेदुङ लाई विशेष धन्यवाद प्रकट गरे ।

    औपचारिक र साँस्कृतिक कार्यक्रमको संघका महासचिव भिम राज स्याङबो तामाङ र उप-महासचिव कमला दोङ तामाङले मिलेर सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै
    सभापति लामाले कार्यक्रमलाई सफल बनाउन विभिन्न तह र तप्काबाट सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरे ।

    कार्यक्रममा कतारमा स्थापित विभिन्न जिल्ला तथा जातीय संघ संस्थाहरुका अध्यक्ष तथा  प्रतिनिधि विभिन्न बैचारिक सगंठन समाजसेवी, बुद्धिजीवी, कलाकार तथा पत्रकार सहित करिब हजार दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो।

    सोनाम ल्होछार कहिलेदेखि सुरु भयो ? (समक्षिप्तमा)

    आज भन्दा ४७०० बर्ष अगाडी चिनिय खगोल शास्त्रको अनुसारमा ल्होछारको प्रारम्भ भएको पाईन्छ । ल्होछार मनाउने परम्परा १२ वटा जिवजन्तुहरुको नाम र तिनलाई प्रभाव पार्ने पाँच वटा भौतिक तत्वहरुको आधारमा सृजित रावज्युङ ल्हो खोर चन्द्र पात्रोमा आधारित विस्वको सबै भन्दा पुरानो परम्परा मानिन्छ।

    विश्वभरिको तामाङ समुदायहरुले ल्होको अर्थात् वर्ष १२ वटा भएको विश्वास गर्दछ । १२ बर्षको नाम पशुपंक्षि र जिव जन्तुहरुको नामबाट राखिएको हुन्छ जस्तै मुसा बर्षबाट शुरूवात गरि बँदेल बर्षमा अन्त्य भई १२ बर्ष पछि मुसा बर्षमै पुन दोहोरिने गर्दछ । जस्तै मुसा,गाई,बाघ, बिरालो गरुड, खरायो,सर्प,घोडा, भेडा,बादर,चरा, कुकुर, बदेल,बर्ष रहने गर्दछ । यी १२ बर्गहरुलाई राशीको रुपमा लिने गरिन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *