लमजुङ सेवा समाज कतारको १५ औं अधिवेशनबाट बसौला अध्यक्षमा निर्वाचित


  • लमजुङ सेवा समाज कतारको १५ औं अधिवेशनबाट बसौला अध्यक्षमा निर्वाचित

    दर्शन सुनार/कतार : लमजुङ सेवा समाज कतारले आफ्नो १५ औं अधिवेशन सम्पन्न गरेको छ। 'सुख दु:खमा साथ, लमजुङ सेवा समाज' भन्ने मुल नाराका साथ लमजुङ सेवा समाज कतारले शुक्रबार सनैयामा अवस्थित फुलवारि रेष्टुरेन्टको हलमा अधिवेशन सम्पन्न गरेको हो।

    समाजका अध्यक्ष सिताराम थापाको सभापतित्व तथा गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष सागर पौडेलको प्रमुख आतिथ्ययामा सम्पन्न सभाबाट नयाँ कार्यसमितिको अध्यक्षमा विनोद प्रसाद बसौला निर्बिरोध निर्वाचित भएका छन्।

    त्यस्तै प्रथम उपाध्यक्षमा कल्याण थापा, द्वितीय उपाध्यक्षमा बिनोद थापा मगर,महिला उपाध्यक्षमा  कमला गुरुङ,महासचिवमा रविन्द्र भन्डारी,सचिवमा प्रशान्त कुमार, कोषाध्यक्षमा राज श्रेष्ठ, सह कोषाध्यक्षमा रविन्द्र घिमिरे सर्वसम्मत निर्वाचित भएका छन्।

    कार्यसमिति सदस्यहरुमा भने नारायण अधिकारी, वासुदेव पाण्डे, खुशी मिया,कुमारी गुरुङ निर्वाचित भएका छन्। समाजले गृह जिल्लामा रहेका नगरपालिका तथा गाउपालिका संयोजक समेत चयन गरेको छ। जसमध्ये बेसी शहर नगरपालिका संयोजकमा  परशुराम थापा,मध्यनेपाल संयोजकमा जनक कार्की,राइनास नगरपालिका संयोजकमा  देव बहादुर अधिकारी, दोर्दि गाउपालिका संयोजकमा रामचन्द्र अधिकारी, क्ल्होसोथार गाउपालिका संयोजकमा  फगेन्द्र गुरुङ,मर्स्याङ्दि गाउपालिका संयोजकमा टेक बहादुर गुरुङ दुध पोखरी गाउपालिका संयोजकमा कृष्ण गुरुङ चयन भएका छन्। सुन्दर बजार नगरपालिका संयोजक भने रिक्त रहेको छ ।



  • समाजले गरेका दुई वर्षे कार्यकालको कार्य प्रगति प्रतिवेदन सचिव बिनोद थापा मगरले पेश गरेका थिए । गैर आवासिय नेपाली ताराका गायन विजेता रुस्तम तामाङ र नृत्य बिजेता निरु श्रेष्ठलाई सम्मान पत्र प्रदान गरिएको थियो । त्यस्तै कुमारी गुरुङ ,कमला गुरुङ,मगंल बिक र पुर्व अध्यक्ष नवराज  नखोला लाई दोसल्ला ओढाएर सम्मान सम्मान पत्र सहित सम्मान गरिएको थियो ।समाजले आयोजना गरेका हरेक कार्यविधिमा विभिन्न तह र तप्काबाट सहयोग गरेका विभिन्न संस्था कलाकार पत्रकारहरुलाई कृतज्ञता पत्रद्धारा सम्मान गरिएको थियो ।

    कार्यक्रममा सुमी गुरुङ,टल्की तामाङ, बाबु कौशल , देब बिस्वकर्मा,राजकुमार महर्जन,पदम सेन्चुरी लगायतका कलाकारहरुले आफ्नो गायन तथा नृत्य पेश गरेका थिए।  सभाहलमा पुस्तकहरूको स्टल पनि राखिएको थियो l दर्शकहरूले आफूलाई मन परेको पुस्तकको मूल्य बराबरको रकम दिएर सहज ढंगले लिनको लागि आयोजक संस्थाले जनाएको थियो । शारीरिक तौल घटबढ फिरी चेकअपको लागि वजन चेक गर्ने मेसिन पनि राखिएको थियो । कार्यक्रमको हल प्रवेशद्धार मै पुराना कपडा सकंलन गरेर  सहयोगको लागी  कार्टुनमा कपडाहरु समेत सकंलन गरिएको थियो ।

    समाजले कार्यक्रमको (माईनेटिङ) उपस्थित पुस्तिकामा  उपस्थिति जनाएका ब्यक्तिहरुको नाम सहितको लिस्ट तयार गरेर लक्की (ड्र) खोलिएको थियो जसमा प्रथम पुरुस्कार उपस्तिथि नं( ९९) कृष्ण बरालीलेलाई पानी तताउने (किटली) दोश्रो पुरुस्कार ( नम्बर १३१) जिना डंगोलले  राईस कुकर,तेस्रो पुरुस्कार (नम्बर ६)  प्रमुख अतिथी सागर पौडेल आईरन,चौथो पुरुस्कार (नम्बर१०८) सुमी गुरुङ,सान्त्वना पुरुस्कार ( नम्बर५६) कुमारी गुरुङले  ईङ्लिस बुक जितेका थिए पाचै जना लक्की ड्र जित्ने व्यक्तित्वहरुलाई कार्यक्रमको सभाहल मै समाजले पुरुस्कार समेत प्रदान गरेको थियो ।

    कार्यक्रममा कतारमा स्थापित विभिन्न बैचारिक, सामाजिक जिल्ला संस्थाका अध्यक्ष तथा प्रतिनिधि,बुद्धिजीवी,कलाकार पत्रकारहरुको उपस्थिति सहित मन्तव्य रहेको थियो। शुभकामना वक्ताहरुले समाजले उदाहरणिय र उल्लेखनीय सामाजिक कार्य गर्दै आईरहेको बताउदै खुलेर प्रशंसा गरेका थिए ।

    प्रमुख अतिथी पौडेलले मन्तव्यका क्रममा बोल्दै गण्डकी प्रदेश मातहतमा रहेको लमजुङ समाज अति उत्कृष्ट कार्य सम्पादन गर्ने र  गण्डकी प्रदेशको खम्बाको रुपमा समाज उभिएको बताए।  पौडेलले समाज र गन्डकी प्रदेश सदैब मिलेर समाजका लागि अत्यन्तै सराहनिय काम गर्ने विश्वास व्यक्त गर्दै बर्तमान कार्यसमितीले निकै राम्रा र पृथक काम गरेको बोल्दै प्रंशसां समेत गरेका थिए ।

    समाजका प्रथम उपाध्यक्ष बिनोद प्रसाद बस्यौलाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण समाजका महासचिव बिनोद थापाले गरेका थिए । सभापति थापाले आफनो कार्यकालमा ठुला-ठुला काम नगर्ने सकेतापनि भावनाको हिसाबले सामाजिक सेवा गर्ने मन र सहयोगी हातहरु अथाह कमाएको आभास भएको बताए। आफनो कार्यकाल सकिएपनि सामाजिक सेवाको लगाव कहिले नघट्ने र आफनो कार्यकाललाई  सफल बनाउन पबित्र मनले विभिन्न तह र तप्काबाट सहयोग सम्पुर्णलाई पनि थापाले धन्यवाद व्यक्त गर्दै खुल्ला सत्रको समापन गरेका हुन्  ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *